धर्म तथा आस्था

बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको भिड (फोटो फिचर)

काठमाडौँ, कात्तिक २७ गते । काठमाडौँको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ । भगवान् विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मङ्गलबार दामोदरसँग विवाह गरेर मनाइन्छ । आज उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण, इचङ्गुनारायणमा विशेष मेला लागेको छ । ती चार नारायण जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जनविश्वास छ ।