सूर्य देवलाई अर्घ दिदै छठ पूजा समापन

कात्तिक २३ गते । आज छठ पूजाको समापन । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न गरिएको छ । 

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाँक्षा पूरा हुन्छ भन्ने आश्था राख्दै धार्मिक अनुष्ठानपूर्वक छठ पूजा गरिएको छ । तराई लगाएतका मुलुकभरीका अधिकाँश पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको मा बाक्लै उपस्थिती रह्यो । 
धर्मालम्बीहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासना गर्दै छठ पर्व सुरु गरेका थिए ।

छठको दोस्रो दिन बुधबार खर्नाका दिन बर्त बस्नेहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई बोलाउदै दिँदै कूलदेवताको पूजा गर्छन् र राति अरवा अरबाइन अर्थात नुन हालेको० खानेगर्छन् । 

षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरिएको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता मिठा पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीयामा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।
षष्ठीका दिन बिहीबार साँझ वर्त बस्नेहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए ।

प्रतिक्रिया