धर्म तथा आस्था

‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक

असोज २२  गते, काठमाडौँ ।   नेपालका इतिहास एवं धर्मसंस्कृतिका विद्धान हरिप्रसाद सोडारीले ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ । अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिरमा सर्मण सार्वजनिक गरिएको हो । शोधकर्ता सोडारीको यसअघि पनि ‘के ईश्वर छ ?’, ‘साधनाको अनन्त यात्रा डा स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ कृति प्रकाशन भईसकेको छ । एउटा अनुवाद र २२ वटा ग्रन्थ सम्पादन गर्नुभएका सोडारीले यस ग्रन्थमा तन्त्र, मन्त्र, यन्त्रसहित साधनाका विषयलाई प्राथमिकता दिनुभएको छ ।