दशैंको-सुरुवात-घटस्थापनाको-पहिलो-दिन
आज घटस्थापना । बडा दशैको पहिलो दिन यस बर्षको बडा दशै आजबाटै सुरु भएको छ । घटस्थापनाको पहिलो दिनबाटै नवरात्र शुभारम्भ हुन्छ । आज नेपालीहरुको घर तथा मन्दिरहरुमा हिन्दु धर्म विभिन्न विधीविधान अनुरुपि देवी दुर्गाको नौ दिनको पूजा विधिवत् रूपमा सुरु हुन्छ । यो दिन विशेष रूपमा कलश स्थापना गरिन्छ, जसलाई देवीको प्रतीक मानिन्छ ।
घटस्थापना नवरात्रको मुख्य आधार हो, जसले भक्तजनलाई नौ दिनसम्म देवीको आराधना र शक्तिको पूजन गर्न प्रेरित गर्छ । नवरात्रको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनको पूजा देवी दुर्गाको शक्ति, साहस, शान्ति र मातृत्वको प्रतीकको रूपमा गरिन्छ र उनको पूजा गर्दा व्यक्ति साहस, धैर्य र आत्मबलको विकास गर्ने विश्वास छ। शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने विश्वास गरिन्छ ।
घटस्थापना नवरात्रि पर्वको सबैभन्दा महत्त्वपूर्ण दिन हो । पहिलो दिन मा देवी “शैलपुत्री”को पूजा गरिन्छ । शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न एवं पुष्पहरू प्रिय छ। शैलपुत्रीलाई पहेंलो फूल चढाउँदा बढी राम्रो मानिन्छ ।
शैलपुत्रीको पूजा गर्दा यो मन्त्र
वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्।
वृषारुढां शूलधरां शैलपुत्रीं यशस्विनीम्।। उच्चारण गरिन्छ । यसको अर्थ म त्यस यशस्विनी माता शैलपुत्रीलाई वन्दना गर्दछु, जो भक्तहरूलाई मनोवाञ्छित फल प्रदान गर्नुहुन्छ, जसको शिरमा अर्ध चन्द्रमा शोभित छ, जो वृष (साँढे)मा सवार हुनुहुन्छ र हातमा त्रिशूल लिनुभएको यस्ती माता शैलपुत्रीको वन्दना गर्दछु ।
शैलपुत्री देवी पार्वतीको पहिलो रूप हो, र “शैल” को अर्थ पहाड, जसकारण उनलाई पहाडकी छोरी हो । पर्वतराज हिमालयको घरमा पुत्रीको स्वरूपमा जन्म लिएको कारण शैलपुत्री नाम रहन गएको हो । हिमालय राजा शैलकी पुत्री शैलपुत्री मस्तकमा अर्ध चन्द्र, नाना आभूषण, मुकुट इत्यादि धारण गरेकी एवं अत्यन्त मनोहर स्वरूपमा सजिएकी देवीको वाहन वृष अर्थात् साँढे हो। आफ्नो दायाँ हातमा त्रिशूल तथा बायाँ हातमा पद्म धारण गर्नुहुन्छ। नाना प्रकारका अलङ्कार तथा उत्तम वस्त्र धारण गरेकी देवी सुन्दर कन्या जस्तै देखिनुहुन्छ।
ब्रह्माजीको प्रार्थना स्वीकार गर्दै, देवीले पूर्वजन्ममा ब्रह्मा पुत्र दक्षको घर सती रूपले जन्म लिनुभएको थियो। जगत् जननी माताले देवताहरू तथा ब्रह्माजीको प्रार्थना अनुसार हिमालय राजाका कन्याको रूपमा जन्म लिनुभयो, शैल या हिमालयकी पुत्री भएको कारण आद्यशक्तिलाई शैलपुत्री नाम प्राप्त भयो र पछि पार्वतीको नामले प्रसिद्ध हुनुभयो ।
आज घटस्थापना पहिलो दिन नवरात्रको मुख्य आधार भएकाले भक्तजनहरु नौ दिनसम्म देवीको आराधना र शक्तिको पूजन गर्छन् । नवरात्रको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनको पूजा देवी दुर्गाको शक्ति, साहस, शान्ति र मातृत्वको प्रतीकको रूपमा गरिन्छ र उनको पूजा गर्दा व्यक्ति साहस, धैर्य र आत्मबलको विकास गर्ने विश्वास छ। शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ। शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न एवं पुष्पहरू प्रिय छ । शैलपुत्रीलाई पहेंलो फूल चढाउँदा बढी राम्रो मानिन्छ ।
शैलापुत्रीको पूजा वा जप गर्दा ‘ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नमः’ यो मन्त्र प्रयोग गरियो भने बढी प्रभावकारी हुन्छ । शैलपुत्रीलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा मानिन्छ ।
प्रतिक्रिया