मन्दिर अगाडि चर्च बनाएपछि धरानमा विवाद

मन्दिर अगाडि चर्च बनाएपछि धरानमा विवाद

मन्दिर–चर्च२२ साउन, धरान । हिन्दुहरुको पौराणिक महत्वको विजयपुर डाँडामा इसाई धर्मका आस्थावानले चर्च बनाएपछि धरानमा विवाद बढेको छ ।

सय वर्ष पुरानो बालगोपाल मन्दिर अगाडि पार्टी प्यालेस बनाउने भनेर अन्तमा चर्च बनाएको भन्दै हिन्दु धर्माबलम्बीले चर्च हटाउनुपर्ने माग राखेका छन् को विवादमा केही समययता धरान अल्झिइरहे पनि स्थानीयस्तरमा समाधानका लागि ठोस पहल गरेको छैन, साउनभरिलाई चर्चमा प्रार्थना रोकिएको छ ।

 

स्वस्थानी ब्रत कथामा भगवान शिवले श्रीमती सतीदेवीको मृत्युपछि शव बोकेर यात्रा गर्ने क्रममा विजयपुरमा पुग्दा दाँत पतन भएको प्रसंग उल्लेख छ । दाँत पतन भएको भनिएको स्थानमा दन्तकाली मन्दिर छ ।

 

दन्तकाली आसपास बुढासुब्बा, पञ्चकन्या, पिन्डेश्वरलगायत धार्मिक शक्तिपीठहरु छन् । विजयपुर डाँडामा रहेका चारवटै शक्तिपीठको सयौं वर्ष पुरानो इतिहास छ । यी शक्तिपीठ जाने बाटोमा पर्ने बिजयपुर डाँडामा इसाइ धर्मालम्बीहरुले चर्च बनाएपछि विवाद भएको हो । हिन्दु धार्मिक अभियन्ताले चर्चलाई सार्न माग गरिरहेका छन् । इसाई धर्मालम्बीहरु नसार्ने अडानमा छन् ।

 

प्रतिक्रिया