दशैं बजार : कतै सुनसान, भीडभाड

आश्विन २१, काठमाडौं । 
दशैं नेपालीहरुको महान चाडपर्व हो । तर दशैले हरेक वर्ष प्राय सर्वसाधारणहरुका लागि खुशीको साटो दुख बोकाएर जाने गर्छ । वालवालिकाहरुका लागि नाना चाचा, चिची पापा । ठूला वडाहरुका लागि आफन्त र ईष्टमित्र छिमेकीहरु भेटघाट र खुशी साटासाट गर्ने अवसर मानिन्छ । दशैमा ऋण गरेरै मिठो मसिनो खाने, राम्रो लगाउने वा अरुको देखासिकी गर्ने चलन बढेर गएको छ । 

दशै सुरु भए लगत्तै किनमेल का भिड, शहरबाट गाउँ फर्कनेको भिड, गाडीमा भिडभाड । भाँडा महंगी, र  राजमार्गहरु व्यस्त हुन थालेका छन् । तरकारीका बजार भाउ महंगीएका छन् । 

चोक चोक र गल्ली गल्लीमा खसीको बिक्रीवितरण सुरू भएको छ । काठमाडौंमा कलंकी, बागबजार नजिकको टुकुचा, टोखा, कपन, सुकेधारा, बल्खु, चन्द्रागिरि लगायतका स्थानमा खसीबोका बिक्रीवितरण सुरु भईसकेका छन् । 

काठमाडौंका असन न्यूरोड र विशालबजार किनमेलका भिडभाड छन् । भारत नेपाल सिमावर्ती बजार क्षेत्रहरुमा चहलकतै पहल बढिरहेको छ भने, कतै सुनसान छन् ।
सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलौना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’ हरू सुनसानजस्तै देखिन्छन् । 
खाद्यान्न र लत्ताकपडाहरुमा सामान्य किनमेल र कम चहलपहल देखिएका छन् । 

प्राय सिमावर्ती क्षेत्रहरु नेपालबाट भारत रोजीरोटीको कमाईका लागि जाने र चाडपर्व संगै फिर्ती सवारी हुने भएकाले सामान्य चहलपहल दशैका वेला बढ्ने गरेको पाईन्छ । 
त्यसैगरी संघिय राजधानीबाट प्रदेश राजधानी र गाउँ फर्कनेहरुको लहरले पनि काठमाडौंबाट बाहिरीने सवारी यातायातहरुको बाक्लै भिड बढेको छ ।
दशैंको मुखमा विपत्ति : 
दशैको मुखमा बाढी पहिरोले धेरैको ज्यान गयो । सयौं घाईते भए । सयौ घरवारविहिन भए । उनीहरुको घरमा दशै हैन दशाको १२ बजेको छ । न वस्ने बास न खाने गास । न गत्तिलो औषधोउपचार । बाढी पहिरोको त्रास अझै सकिएको छैन । 

बाढी पहिरोले पारेको क्षतविक्षत अझै हटिसकेको छैन । बाढीको डुवान, पहिरोको क्षति आँकलन सरकारले त निकाल्दै होला तर गरिब दुखी र विपन्न वर्ग र असाह्य पिडितहरुको मुखमा प्रयाप्त मलाम लाग्न सकेको छैन । 
त्यसैले सरकारको राहत र पुनस्थापनका कार्यक्रमले बाढी पहिरो प्रभावितहरुको दशै प्रयाप्त राहतमुखी र न्यायोचित वितरणमुखी बन्न जरुरी छ । 

प्रतिक्रिया