अन्तरजातीय विवाह गर्नेलाई नगरको अनुदान

अन्तरजातीय विवाह गर्नेलाई नगरको अनुदान

चालू आर्थिक वर्षदेखि विवाह गर्ने अन्तरजातीय जोडीले अबदेखि प्रोत्साहन स्वरूप १ लाख रुपैयाँ पाउने उनले बताए।  जसअनुसार यस वर्ष अन्तरजातीय विवाह गरेको एक जोडीले प्रोत्साहन रकमका लागि कागजात पेस गरेको छ। वडा नम्बर ३ का सरोज बटाला र वडा नम्बर ७ की कमला परियारको जोडीले १ लाख रुपैयाँ पाउँदै छन्। उक्त जोडीलाई प्रोत्साहन रकम प्रदान गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको नगर प्रमुख वादीले बताए।

उनका अनुसार आर्थिक समृद्धि र सामाजिक रूपान्तरण अभियानअन्तर्गत यो कार्यक्रम बनाइएको हो। यसबाट सामाजिक सद्भाव कायम हुने र जातीय छुवाछूत तथा विभेदलाई न्यूनीकरण गर्ने उद्देश्य राखिएको हो।

समाज परिवर्तनका लागि योगदान गर्ने जोडीलाई प्रोत्साहन होस् र उनीहरूलाई जीविकोपार्जनका लागि कुनै व्यवसाय सञ्चालन गर्न सहज होस् भनेर आर्थिक प्रोत्साहनको कार्यक्रम बनाइएको उनको भनाइ छ।

अनलाईन खबरबाट साभार

प्रतिक्रिया