ललितपुरका स्थानीय समुदायले पुनस्र्थापना कार्य सुरु गर्नु अघि क्षमा माग्ने रिति अनुसार हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य सुरु गरेका हुन् ।
काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, तथा नेपाल सरकारको १८.१ करोड नेपाली रुपैयामा उक्त महाविहारको पुनर्निर्माण आयोजना हुन लागेको हो ।
युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत तथा सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्घ मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार मानिन्छ ।
भूकम्पले क्षति पु¥याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । उक्त हिरण्यवर्ण महाविहार परियोजना पनि ती २८ वटा परियोजनामध्ये एक हो ।
ललितपुर जिल्लामा मात्रै सुरु हुन लागेको सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।
प्रतिक्रिया