‘कांग्रेसमा भद्रगोल पहिला पनि हुन्थ्यो, तर अहिलेको अवस्था भिन्न छ’

गत मंसिरको चुनावबाट ठूलो दल बनेर उत्साहित कांग्रेस गत उप निर्वाचनबाट निराश हुन पुग्यो। उप निर्वाचनले नेतृत्वप्रति कार्यकर्ताको गुनासो बढेको छ । सक्रिय राजनीति गर्नेहरु नेतालाई भेटेर वा कार्यक्रम मार्फत पार्टीको गतिहिनता बारे बोलिरहेका छन् ।

कांग्रेस नेता नरहरि आचार्यले आफ्नो गुनासो र पार्टी रुपान्तरणका विषय सुनाउन चाहन्छन् । तर, सक्रिय राजनीति गर्न शरिरले साथ नदिएकाले मूल नेतृत्वकहाँ पुग्ने अवस्था छैन । तथापी, नेताहरु उनलाई भेट्न आएको बेला आफ्ना कुरा सुनाउँछन् । गत शुक्रबार उनले नेता प्रदीप पौडेललाई आफ्नै निवासमा डाके ।

पौडेललाई डाक्नुको दुईटा मूल उद्धेश्य थिए । पहिलो, आफ्नो क्षेत्रको प्रतिनिधि भएकाले क्षेत्रगत मुद्धा उठाउनु । दोस्रो, बाटो विराएको कांग्रेसलाई गुनासो सुनाउनु र सुझाव दिनु । पौडेल मार्फत आफ्ना कुरा मूल नेतृत्वकहाँ पुर्‍याउन चाहन्थे ।

आचार्यले आमन्त्रण गरेकाले यसै क्षेत्रका सांसद पौडेल शुक्रबार दिउँसो २ बजे उनको निवास महाराजगञ्ज पुगे । करिब ४५ मिनेट दुई जनाको संवाद पछि पौडेललाई अघि राखेर अनलाइनखबरसँग अन्तरवार्ता गर्न आचार्य राजी भए ।  अनलाइनखबरकर्मी लिलु डुम्रेले आचार्यसँग गरेको कुराकानी ।

पार्टी नेता तथा क्षेत्रको सांसद प्रदीप पौडेललाई घरमै बोलाएर के के कुरा सुझाव वा गुनासो राख्नुभयोभन्न मिल्छ ?

कांग्रेस भएर बसेको मान्छेको मनमा अहिले के हुन्छ, त्यही हो, मेरो सुझाव । नयाँ पुस्ताका तपाईहरुले कांग्रेसलाई कसरी बनाउने हो? हामीले आशा धेरै गरेको हो । त्यो आशालाई मर्न दिनु भएन । पार्टीमा सबैसँग मिलेर कांग्रेसलाई रुपान्तरण गर्न पर्‍यो ।

आफ्नो क्षेत्रको प्रतिनिधि भएको हुँदा प्रदीपलाई नै बोलाएको हुँ । मेरो भ्वाइस पार्टी नेतृत्वलाई पुर्‍याइदिनुस् भन्न बोलाएको हुँ । म कांग्रेसको कार्यकर्ता भएकाले चासो छ नि । त्यसको उत्तर मलाई कसले दिन्छ? भनेर मैले सोध्न मेरो क्षेत्रको प्रतिनिधि (प्रदीप पौडेल) लाई अहिले बोलाएर भन्न खोजेको कुरा नै त्यही हो ।

काठमाडौं-५ को मतदाता भएकाले आफ्नो प्रतिनिधिलाई बोलाएर गुनासो राखेको हुँ । उहाँलाई बोलाएपछि क्षेत्रको सामूहिक र पार्टीगत दुबै गुनासो हुन्छ । पार्टीमा तपाईहरुले जिवन्तता ल्याउन पर्‍यो । जनप्रतिनिधि भएकाले उहाँ भेट्न त आइरहनु हुन्छ । मेरो गुनासा सुनाउनका लागि अनुरोध गरेर आज (गत शुक्रबार) बोलाएको हुँ ।

प्रतिक्रिया