कसरी फुटबलकै पर्याय बन्दैछन् हालान्ड ?

हालान्ड बोरोसिया डर्टमण्डबाट गत वर्षा म्यानचेस्टर सिटी आएका थिए । उनलाई क्लबमा भित्र्याउनका लागि म्यानचेस्टरले ५१ करोड २० लाख पाउण्ड खर्चेको छ ।

हालान्डले म्यानचेस्टर युनाइटेडलाई लिग अंक तालिकामा शीर्ष स्थानमा उकाल्न महत्वपूर्ण योगदान गरेका छन् ।

सुरूवाती चरणमै हालान्डले उत्कृष्ट प्रदर्शन दिइसकेका छन्  ।

उनको सर्वश्रेष्ठ प्रदर्शन आउन बाँकीनै रहेकाले संभवत  युरोपियन क्लबका लागि उनको व्यवस्थापन चुनौती बन्नसक्छ ।

हालान्ड कसरी उत्कृष्ट खेलाडी बन्न  पुगे ?

हालान्ड सन् २००० मा लिड्समा जन्मिएका थिए । उनी म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर अलफिन्ज हालान्डका छोरा हुन् । उनको जन्मनै खेलकुदमा उत्कृष्ट प्रदर्शनको लागि भएको भान उनले दिइरहेका छन् । ५ वर्षको उमेरमै हालान्डले लङ जम्पमा विश्वक रेकर्ड बनाएका थिए । उनले १ दशमवल ६३ मिटरको दुरी नाघेका थिए ।

हालान्ड सानैदेखि खेलकुदका पारखी थिए । विद्यार्थीकालदेखिनै उनमा फुटबलप्रतिको आकर्षण थियो । उनी जाल्टान इब्राहिमोभिच, रोबिन भान पर्सी, जेमी भार्डी, मेसी र मारियो बालाटोलीका खेल खुब पछ्याउँथे ।

हालान्डका आमाबुवाले उनका दाजु एस्टलरलाई एथ्लेट बनाउने प्रयत्न गरेका थिए । सानैदेखि उनमा दबाव बढाए पनि आमाबुवाको प्रयास असफल भयो । त्यसपछि उनीहरूले हालान्डलाई कुनै दबाबमा नपार्ने नीति लिए ।

हालान्ड अहिले ६ फिट ४ इन्च छन् । किशोरावस्थाको मध्यमा  हालान्डको शारीरिक विकासले गति लियो । उनको शरीर पेशेवर फुटबल खेलाडीका लागि चाहिने खालको बन्यो । शरीरको बनावट फुटबलका लागि आवश्यक पर्ने खालको भएपछि अभिभावकले उनमा कौशलको विकासमा सहयोग गरे । उनलाई मानसिक रूपमा पनि फुटबलका लागि तयार बनाइयो ।

हालान्ड भन्छन्, ‘म अहिले पनि १३ वर्षको उमेरमाझैं दौडन सक्छु ।’

हालान्डलाई तालिम दिएका प्रशिक्षक अल्फ बन्सर्टन भन्छन्, ‘मैले उनलाई ८ वर्ष प्रशिक्षण दिएँ । १३ वर्षकै उमेरमा नर्वेको राष्ट्रिय टोलीमा उनी पुग्ने संभावना मैले देखेको थिएँ । त्यतिबेलै उनमा फुटबलमा आवश्यक कौशलको विकास भएको थियो,’ उनले भने ।

हालान्डले फुटबल खेलाडीनै बन्ने छाँट देखाएपछि उनका बुवाले छोरालाई सफल बनाउनका लागि पञ्चवर्षीय रणनीतिक योजना तयार गरे। योजना अन्तर्गत उनलाई धेरैभन्दा धेरै खेल खेलाइयो ।

सन् २०१९ मा हालान्ड रेडबुल साल्जबर्गमा पुगे । त्यहाँ उनले २५ गोल गरे। उनले ४५ मिनेटमा ह्याट्रिक समेत गरेका थिए ।

त्यस क्लबाट उनी  २ करोड युरोमा बोरूसिया डर्टमण्डमा पुगे । हालान्डलाई त्यसै बखत म्यानचेस्ट युनाइटेड र युभेन्टसबाट अफर आएको थियो । तर धेरै खेल्न पाउने भएकाले उनले जर्मन क्लबमा डर्टमण्ड रोजे ।

डर्टमण्डको डेब्यु म्याचमै २३ औं मिनेटमा ह्याट्रिक गरेर हालान्डले सनसनी मच्चाए । डर्टमण्डबाट ८९ खेल खेल्दा उनको नाममा ८६ गोल थियो । गत सिजनमा मात्रै उनी ५१ करोड २० लाख पाउण्डमा म्यानेचेस्टर पुगेका हुन् ।

म्यानचेस्टर सिटीसँगको सम्झौता अन्त्य हुँदा उनी २६ वर्षको हुनेछ्न् । त्यसपछि उनी स्पेनी वा इटालीका क्लबमा जानसक्ने धेरैले आकलन गरेका छन् ।

प्रतिक्रिया