कानुन बनेपछि ललितपुरका मिटरब्याजीहरू हायलकायल, जिप्रकाले थाल्यो कारबाही

कानुन बनेपछि ललितपुरका मिटरब्याजीहरू हायलकायल, जिप्रकाले थाल्यो कारबाही

काठमाडौं, १४ साउन । २०८० साल वैशाख २० गते अनुचित लेनदेन (मिटरब्याज)को आयोग गठन भएको लगत्तै ललितपुरमा मात्र २०० भदा बढी मिटरब्याज पीडित पक्षले उजुरी दिएका थिए ।

ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठूलो मुद्दा समस्यामा परेको देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंँले दर्ता गराएका थिए । उनले १५ जना मिटरब्याजी विरुद्ध ५ अर्ब ४० करोड बराबरको मुद्दा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए । सो मुद्दामा ०८० साल असार २५ गतेदेखि छानविन सुरू भएको थियो ।

छानविन सुरू भएलगत्तै दुई जना मिटरब्याजीले चलनचल्ती भन्दा बढी लगेको ब्याज फिर्ता गरेका मिटरब्याज पीडित चौलागाईंले बताए । उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठूलो कारोबार भएको कारण छानबीन गर्न समय लागेको देखिन्छ । चौलागार्ईंंले दर्ता गरेको मुद्दामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन मर्हजनसँग भएको पाइएको छ । उनीसँग करिब ४ अर्ब करोबार भएको चौलागाईंको दाबी छ ।

विवरण हेर्दा रोविन मर्हजनले चौलागाईंलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाईंसँग ४ अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन मर्हजनको ३ बर्ष यता करिब ६ अर्ब सम्पति थुप्रिएको स्रोतले बतायो ।

उनको ललितपुर सैबु भैसेपाटी आवासभित्र ३ वटा घर, करिब ५० करोड मूल्य बराबारको सातदोबाटोमा २० आनामा आलिसान घर, करिब ३० करोडको बी एण्ड बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोड बराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोड भन्दा बढीको छ, जहाँ उनी आफै बस्ने गरेका छन्), झम्सीखेल डीएभी स्कुल मेनरोडमा २५ आनामा करिब ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिब ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर रहेको स्रोतले बतायो छ । उनको व्यापारका नाममा सम्राट मार्केटिङ नाम गरेको छोराको नाममा कम्पनी समेत छ । जसमा केही ब्यापार छैन । उक्त कम्पनीमा माछापुच्छ्रे बैंकले ४ करोड कर्जा दिएको छ ।

रोविन मर्हजनको पुच्व: नाम गरेको सहकारी पनि छ । उनका नगद करोबार कुमारीपाटी पञ्चशील सहकारी, ज्योतीपुञ्ज सहकारी, पुच्व: सहकारीमा ठूलो कारोबार गरेको देखिन्छ । सामान्य व्यापारीको नाममा यी सहकारीले अरबौँ कारोबार कसरी गरे ? जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ । उनको कारोबारमाथि शंका उब्जिसकेको छ । उनको बैंक र सहकारी गरेर करिब ७ अर्ब जतिको कारोबारको कागजपत्र प्रशासन कार्यालयमा पुगिसकेको छ । अरु आउन बाँकी छ भन्ने कुरा मिटरब्याज आयेगले बताएको छ ।

२०८० सालमा समस्यामा परेको गुडवील सहकारीका अध्यक्ष दीवाकर श्रेष्ठ अहिले जेलमा छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो । निज दीवाकर श्रेष्ठले पनि रोविन मर्हजनले २ अर्ब मिटरब्याज लिएकोले आफ्नो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् ।

रोविनलगायत अरु १२ जना रवि मर्हजन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन मर्हजन, सञ्जय अधिकारी, रुविन मर्हजन, सिताराम राउत, विवेक केसी, आशिष प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ । उनीहरूविरुद्ध ज्ञानेन्द्र मर्हजन जस्तै सम्पत्ति सुद्धीकरण गरी जेल चलानसम्म हुनसक्ने सम्भावना रहेको हालै राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुनुले देखाएको छ । उनीहरू उच्च तहका नेताहरूको संरक्षणमा रहे पनि मिटरब्याजीलाई कारबाही गर्ने कानुन बनेकाले गलत गर्ने कोही पनि उम्कन नसक्ने देखिएको छ ।

प्रतिक्रिया