अब सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट सुरुअब सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट सुरु

अब सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट सुरुअब सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट सुरु

काठमाडौं। अबदेखि सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उक्त प्रक्रियाको गण्डकी प्रदेशबाट सुरुवात गरेका हुन्।

सवारी चालक अनुमतिपत्रको राजस्व यातायात कार्यलयमै गएर लाइन बसेर बुझाउनु पर्ने झन्झट थियो। अबदेखि भने उक्त झन्झट हट्ने भएको छ। अहिले तत्काललाई यो सेवा गण्डकी प्रदेशबाट मात्र सुरु गरिएको मन्त्रालयले जनाएको छ।

सेवाको सुरुवात गर्दै मन्त्री ज्वालाले भने ‘सेवाग्राहीले घरबाटै सेवा लिन सकुन् भन्ने योजना अनुरुप यो सेवाको सुरुवात भएको हो। यसले यातायात कार्यालयहरुमा भएको बिचौलियाको अन्त्य गर्न मद्दत पुग्छ।’

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विद्युतीय प्रणाली सुरु गरिएको जनाए। यातायात कार्यालयहरुमा दैनिक ७ हजार सेवाग्राहीको भिड हुने गरेको छ।

उक्त भिड कम गर्न र सेवाग्राहीलाई सजिलो बनाउनका लागि विभागले यसको सुरुवात गरेको उनले बताए। अहिले यो सुविधा २० दिन परीक्षणका रुपमा संचालन हुने र त्रुटिबिना चल्ने भएपछि देशभरका यातायात कार्यालयहरुबाट लागु हुने उनले बताए।

यसलाई मोबाइल नम्बरबाट मात्र ‘लग-इन’ गर्न सकिन्छ। यो नम्बर ५ वर्षसम्म हुने उनको भनाइ छ। यसका लागि नम्बर परिवर्तन गरिराख्‍नु पर्दैन। लगइन गर्न पासवर्ड र युजर आइडी प्रदान गरिने बताइएको छ।

अब लाइसेन्स लिन ३ चोटि मात्र यातायात कार्यालय पुगेमा हुने उनको भनाइ छ। लिखित परीक्षा दिन, बायोमेट्रिक गर्न र ट्रयाल दिन मात्रै यातायात कार्यालयमा भौतिक रूपमा उपस्तिथि हुनुपर्ने छ।

यातायातले संचालन गर्ने पोर्टल applydlnew.dotm.gov.np हो जसबाट ‘लग इन’ गरेर अनलाइन राजस्व भुक्तान गर्न सकिने बताइएको छ।

प्रतिक्रिया