न भवन न दरबन्दी
एनओयूलाई राजनीतिक नियुक्तिले ठप्पप्रायः बनाउँदा बजेट खर्च पनि हुन छाडेको छ । पूर्व निमित्त उपकुलपति प्रा.डा.कार्की हरेक वर्ष सरकारले छुटाउने सरदर ४० करोड पूँजीगत खर्च गर्न सकेको भए अहिलेसम्ममा विश्वविद्यालयको आफ्नै भवन हुनेथियो भन्छन् । एनओयू ललितपुरको मानभवनमा छ, वार्षिक ६० लाख भाडाको घरमा ।एनओयूलाई राजनीतिक नियुक्तिले ठप्पप्रायः बनाउँदा बजेट खर्च पनि हुन छाडेको छ । पूर्व निमित्त उपकुलपति प्रा.डा.कार्की हरेक वर्ष सरकारले छुटाउने सरदर ४० करोड पूँजीगत खर्च गर्न सकेको भए अहिलेसम्ममा विश्वविद्यालयको आफ्नै भवन हुनेथियो भन्छन् । एनओयू ललितपुरको मानभवनमा छ, वार्षिक ६० लाख भाडाको घरमा ।
खुला विश्वविद्यालयलाई सरकारले प्राध्यापक तथा सहप्राध्यापकको दरबन्दी भने दिएको छैन । लेक्चरर, एसिस्टेन्ट लेक्चरर र कर्मचारीको मात्र स्वीकृत दरबन्दी छ ।
प्रा.डा.वाग्ले भने विश्वविद्यालय खोलेर प्राध्यापक र सहप्राध्यापकको दरबन्दी नदिने सरकारको नीतिलाई अचम्मको भन्छन् । ‘प्राध्यापक विनाको पनि विश्वविद्यालय हुन्छ ?’ उनी भन्छन्, ‘प्रा.डा.शर्मा उपकुलपति रहेको बेला विश्वविद्यालयको आन्तरिक स्रोतबाट गरिएको प्राध्यापक, सहप्राध्यापक नियुक्तिलाई पनि नेपाल सरकार (अर्थ मन्त्रालय)ले स्वीकृति दिएन । अचम्म छैन त !’
https://www.onlinekhabar.com
प्रतिक्रिया