माओवादी केन्द्रमा थपिए २२ महिला केन्द्रीय सदस्य

महिला प्रतिनिधित्व

काठमाडौँ — नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । 

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले केन्द्रीय कमिटीमा २२ जना महिला नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गरिएको बताए ।

यसअघि अध्यक्ष पुष्पकमल दाहालले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । अध्यक्षको प्रस्ताव पारित भएपछि मनोनीत भएका केन्द्रीय सदस्यहरु बैठकमा सहभागी भएका हुन् ।

यी हुन् थपिएका सदस्य

  • आङदावा शेर्पा
  • इन्दिरा अधिकारी
  • उमा कपाली
  • उर्मिला विक
  • गंगा खड्का
  • गिताकुमारी कँडेल चौलागाई
  • गिता शाही
  • छमकुमारी खनाल
  • दिलमाया बुढामगर
  • निरमाया श्रीस
  • निशा न्यौपाने
  • पार्वती थापा
  • भगवती तिवारी
  • मोतिकली चलाउने
  • कुमारी पुन
  • लिला शर्मा
  • सपना परियार
  • सिता दाहाल
  • सुशीला घिमिरे
  • सुशीला पौडेल
  • सूर्यकुमारी विक
  • सरु चौधरी

प्रतिक्रिया