समृद्ध नेपाल बनाउने मौलिक बाटोको मार्गचित्र

समृद्ध नेपाल बनाउने मौलिक बाटोको मार्गचित्र

नागरिकले प्राप्त गरेको ज्ञानलाई सीपमा बदल्ने, सीपलाई उद्यममा, उद्यमबाट उत्पादन बढाउने, उत्पादनबाट आउने प्रतिफल नवप्रवर्तन र मानव कल्याणमा लगाउनु समृद्धि प्राप्त गर्ने उत्तम उपाय हो।

समृद्धि के हो ?

समृद्धि बारे विभिन्न क्षेत्रका भिन्न–भिन्न बुझाइ छन्। अंग्रेजी शब्दकोशले जनताको उच्च जीवनस्तर, कार्यमा सफलता, प्रशस्त धन भएको अवस्था, उन्नत स्थिति, वित्तीय सफलता र राम्रो भविष्य भएको अवस्थालाई समृद्धि भनेको छ।

अर्थशास्त्रले दिगो उच्च आर्थिक वृद्धि, बढ्दो नाफा र पूर्ण रोजगारी भएको अवस्थालाई समृद्धि मानेको छ। वाणिज्यशास्त्रले पूर्ण रोजगारी, उच्च आय, क्रयशक्ति र न्यून मुद्रास्फ्रीति भएको अवस्थालाई समृद्धि भनेको छ। औषधि विज्ञानले पैसाले खरिद गर्न नसकिने जनताको आनन्द र असल स्वास्थ्यलाई मानवजातिको धन र समृद्धि मानेको छ।

हिन्दु धर्मले कडा मिहिनेत गरेर प्रशस्त धन कमाउनु र दान गर्नुलाई समृद्धि मानेको छ। बुद्ध धर्मले सामूहिक आध्यात्मिकता र त्यसबाट आउने आनन्दलाई समृद्धि ठानेको छ। क्रिश्चियन धर्मले समृद्धि स्वास्थ्य, धन, सफलता र विश्वास हो, यो आर्थिक आशिष र शारीरिक भलाइ पनि हो र परमेश्वरको इच्छा अनुसार प्राप्त हुन्छ भनेको छ। इस्लाम धर्मले समृद्धि परमेश्वरको उपहार हो र यो कडा मिहिनेत र भक्तिभावबाट प्राप्त हुन्छ |

Reference :  https://www.onlinekhabar.com

प्रतिक्रिया