नबिल बैंकले सार्वजनिक गर्यो तीज विशेष अफर
काठमाडौं । नबिल बैंकले महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै महिला ग्राहकका लागि तीज विशेष अफर सार्वजनिक गरेको छ ।
तीज विशेष अफर अनुसार ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ ।
सीमित अवधिलाई ल्याइएको यस अफरको सुविधा प्राप्त गर्नका लागि महिला ग्राहकहरुले १५ असोज २०८० सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेको हुनुपर्ने बैंकले जनाएको छ ।
Reference: https://www.onlinekhabar.com/
प्रतिक्रिया