१७ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवस ः
“समाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूलन” भन्ने मुल नाराका साथ देशभर १७ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवस मनाईएको छ ।
परिवर्तनका लागि सहकार्य नेपालले उक्त दिवस “बेचबिखन प्रभावितहरुको अधिकार र क्षतिपूर्तिमा पहुँच” विषयक प्यानल छलफल तथा अन्तरक्रिया कार्यक्रम सहकार्य नेपालले मिति २०८० भाद्र १९ गते, गरी मनाएको हो ।
परिवर्तनका लागि सहकार्य नेपालका कार्यकारी निर्देशक ईन्दिरा घलेले प्रेस विज्ञप्ति जारी मार्फत हरेक वर्ष भाद्र २० गतेका दिन मनाईने मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस आफूहरुले पनि मनाएको बताउनु भयो ।
उहाँले सामाजिक न्याय र आर्थिक सशत्तिकरणले मात्रै मानव वेचविचख जस्तो अपराध न्यूनीकरण हुने बताउनु भएको छ ।
कार्यक्रममा कानून, न्याय र मानवअधिकार समितिका सभापति माननिय बिमला सुवेदी, महान्याधिवक्ताको कार्यलयबाट उपमहान्याधिवक्ता बीना दाहाल, मानव बेचबिखन अनुसन्धान व्युरोबाट प्रहरी नायव उपरिक्षक रञ्जन अवा र महिला मानव अधिकारकर्मी चरी माया तामाङ्गले कानून कार्यान्वयन गर्ने सम्बन्धित निकायसँग सम्पर्क र समन्वयका साथ मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण र प्रभावितहरुको अधिकार र क्षतिपूर्तिको पहुँचका लागि पहल गर्ने कुरामा प्रतिवद्दता गर्नु भएको छ ।
त्यस्तै छलफलका क्रममा सांसदहरुले संसदमा उठाइने समय सान्दर्भिक सवाल, प्रहरी र महान्याधिवक्ताको कार्यालयले बेचबिखन प्रभावितहरुको अधिकार र क्षतिपूर्तिका लागि भोग्नु परेको समस्या र चुनौतीहरुको समाधानका लागि कानून तथा नीति निर्माण गर्न जोड दिएका छन् ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसार प्रसार कार्यलाई नियन्त्रण र प्रभावितहरुलाई क्षतिपूर्ति सहितको अधिकार सुनिश्चितताका लागि गरिने प्रयास र कानूनमा भएको व्यवस्थालाई तत्काल लागु कसरी गर्ने सम्बन्धमा भन्ने प्रश्नहरु उठेको थियो ।
अधिवक्ता शशी बस्नेतले बेचबिखनबाट प्रभावितहरुको अधिकार र क्षतिपूर्तिमा पहुँचका बारेमा अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया