नासो कम्युनिटी अमेरिकाको अध्यक्षमा रविलाल सुनार

केन्द्रीय कार्य समिति गठन

काठमाडौं । नासो कम्युनिटी अमेरिकाको अधिवेशनले शनिबार रविलाल सुनारको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति गठन भएको छ । जसको बरिष्ठ उपाध्यक्ष तिर्थ परियार सेवा, उपाध्यक्षहरुमा क्रमस ः दुर्गा विश्वकर्मा, रीमाया नेपाली, सुमीत्रा नेपाली तथा भीम नारायण बिके र महासचिवमा राजन सुनार, चयन हुनु भएको छ, त्यसैगरी कोषाध्यक्षमा ज्ञानेन्द्र गहतरात, सह–कोषाध्यक्षमा, सचिवमा राजु रामदाम, सह–सचिवमा कृष्ण विश्वकर्मा, केन्द्रीय सदस्यहरुमा श्री नारायण गायक, टाम बीके, श्री कल्पना बिके, श्री राजेश रजक, श्री विजय घिमिरे तथा कमल परियार चयन हुनु भएको छ । नयाँकार्य समितिको कार्याकाल २०२४–२०२६ सम्म रहने छ ।

सो कार्यक्रममा मानव अधिकार, सामाजिक न्याय, महिला अधिकार, संचार माध्यमबाट न्यायको पक्षमा वकालत गर्ने तथा बरिस्ठ कलाकर्मी तथा बिशिस्ठ योगदान प्रदान गर्ने ६ व्यक्तित्वहरु सम्मानित हुनु भएको छ । जसमा डा. मानव अधिकार, सामाजिक न्याय, महिला अधिकारका क्षेत्रमा उल्लेखिय योगदान गरेकोमा डा. बिष्णुमाया परियार, बरिस्ठ पत्रकार तथा समाजसेवी प्रदीप परियार थापा, दलित समुदायकी पहिलो जिल्ला माननीय न्यायाधीश मनकुमारी जिएमबिके, सामाजिक तथा मानवअधिकार अभियन्ता सरस्वती नेपाली, ठेट सामराग्री पवित्रा रसाइली तथा कोरियोग्राफर शिव बिके सम्मानित हुनु भयको थियो ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा मार्च २१ अन्तराष्ट्रिय रङ्गभेद तथा जातिभेद विरुद्धको दिवस मनाइएको छ । शनिवार सम्पन्न कार्यक्रममा नेपाल सरकारका तर्फबाट अमेरिकाका लागि काउन्सिल जेनरल प्रेमराजा महत प्रमुख आतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो । कार्यक्रममा मेरिल्याण्ड राज्यका डिस्ट्रिक ८ का डेलिगेट ह्यारी भण्डारी तथा नेपालको जिल्ला अदालतकी प्रथम दलित महिला न्यायाधिस माननीय श्रीमान् मनकुमारी जिएमविके विशेष अथितिक रुपमा कार्यक्रममा सहभागी हुनु भएको थियो । समाजमा समान अवसर, सामाजिक समानता, जातिय विभेद तथा महिला हिंसा विरुद्ध सामाजिक न्यायको प्रत्याभूतिहरुलाई निरन्तर गर्न सकियोस भन्ने उद्देश्य सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिक्रिया