यस बर्षको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार डा. विष्णुमाया परियारलाई

अभियन्ता डा. विष्णुमाया परियारलाई १ लाख १० हजार रुपैयाँ नगद पुरस्कार

वैशाख ८ काठमाडौँ —

२०८० सालको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार सामाजिक अभियन्ता डा. विष्णुमाया परियारले पाउनु भएको छ ।

सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत अभियन्ता डा= विष्णुमाया परियारले १ लाख १० हजार रुपैयाँ नगद पुरस्कार पाउनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेपालको पहिलो महिला प्रधानन्यायधीश सुशीला कार्कीले मानव अधिकार तथा शान्ति समाजको तर्फबाट डा. विष्णमाया परियारलाई सम्मान गर्नुभएको थियो ।

उक्त पुरस्कार मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका नागरिक समाजका अगुवा कृष्ण पहाडीको बाबु बद्री पहाडीको नाममा २०७६ देखि मानव अधिकार तथा शान्ति समाज स्थापना गरिएको हो ।

उक्त पुरस्कार सामाजिक न्यायको आन्दोलनमा विशिष्ट योगदान गर्ने योद्धाहरुले पाउदै आएका छन् ।

कार्यक्रममा पूर्वप्रधानन्यायाशीश कार्कीले डा. विष्मुमाया परियारलाई दलित समुदायको पिछडिएको स्थानबाट माथी उठेर अहिलेको व्यक्तित्व बनाउन सफल भन्दै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, दलित समुदायको छोरी दुर्गम पहाडमा बसेर देश–विदेशमा नाम कमाउनु नेपालकै लागि गौरवको विषय हो ।

गोरखा जिल्लामा जन्मनु भएकी डा.परियार काठमाडौं हुँदै अमेरिका पुगेर उच्च शिक्षा हासिल गर्नुका साथै आफ्नो सामाजिक अभियानलाई पनि अघि बढाइरहनु भएको छ ।  पुरस्कार ग्रहण गरेपछि परियारले भावुक हुँदै भन्नुभयो, “अन्तर्राष्ट्रिय रुपमा ५० भन्दा बढी अवार्ड पाए पनि यो पुरस्कार मेरो लागि अहिलेसम्मकै विशेष छ । ”

उहाँले कृष्ण पहाडीका बुबाको नामको पुरस्कार लिइरहँदा आफूलाई पनि आफ्ना स्वर्गवास भएका बाबु रुपबहादुर परियारको नाममा अर्पण गर्न चाहेको बताउनुभयो । उहाँले सानोमा बुबाकै प्रेरणामा र पालन पोषणबाट अहिलेको अवस्थामा आएको हो भन्नुभयो ।

उहाँले लक्ष्य लिएर हिँड्दा बाटोमा चुनौतीहरु आउछन्, तर अन्त्यमा पार गर्न सकिने धारण राख्नुभयो । उहाँले सामाजिक न्याय र समानताको लागि लडिरहने बताउनुभयो ।

प्रतिक्रिया