भिषण बाढीको डुवानमा काठमाडौं भिडियो तथा फोटो सहित

 शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौंमा ठूलो बाढी आयो ।

उपत्यकाका सबै खोलाहरुले किनारका बस्ती डुबाएका छन् । उपत्यकाका हजारौं मानिसले शनिबार आफ्नो बासस्थलमा बाढीको क्षति ब्यहोरेका छन् । बागमती, विष्णुमती, मनोहरालगायत खोलाका किनारका सडकहरु पुरिएका छन् ।

सयौं पसल, सटर, गोदाम, तरकारी बजार जस्ता सम्पत्ति बाढीले नोक्सान पारेका छन् । कयौं घर तथा संरचना भत्काएका छन् डुवानमा परेका कारण पक्की घरका संरचनाहरुमा पनि क्षति पुगेको छ ।

भिडियो: अर्जुन रिजाल

हेर्नुहोस् तस्वीरहरु

        

DCIM101GOPROGOPR3817.JPG

            

काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ ।

तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ ।

बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पुर्‍याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको छ ।

सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ ।  यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।

अनलाईन खबरबाट साभार 

प्रतिक्रिया