दलित आन्दोलन: दलितलाई खै ? आन्दोलनमा झिनो ऐक्यवद्धता

काठमाडौंको माईतीमण्डलामा एउटा समुहले झण्डै डेढ महिना निरन्तर आन्दोलन गरीरह्यो, धर्ना बस्यो, अनसन बस्यो । बस्दाबस्दै शान्त भयो । यो आन्दोलनको नेतृत्व गर्दै थिए, दैलेखका खगेन्द्र सुनार । वास्तवमा दलितहरु यसैगरी बर्षाैदखी चाहे पञ्चायत हटाउन र मुलुकमा बहुदल ल्याउन वा प्रजातन्त्र ल्याउन होस, या राजा फाल्न र लोकतान्त्रिक गणतन्त्र ल्याउन, जनमुखी संविधान निर्माण गर्न, राजनीतिक परिवर्तन र सामाजिक परिवर्तनका लागि सडकमा ज्यान फालेरै लागिरहे । ज्यान गुमाए । घाईते भए । पुलिसका लाठी र लात खाए । तर परिवर्तनको मिठा मिठा फल खान कहिले पाएनन् । समाज परिवर्तनका सपना देख्ने दलितहका सधै भाग खोसिए । उनीहरुमाथी राजनीतिक विभेद, सामाजिक सांस्कृतिक विभेद, शैक्षिक विभेद र उत्पीडनका जालझेल रचिए ।

२०७२को संविधानमा अनेकौ जोडवलका कारण सदन, सडक र सत्तामा दलितहरुको संघर्षका कारण जेनतेन दलित अधिकार लेखियो । तर संविधानमा लेखिएका दलित अधिकारहरु भने अक्षरस पालना भएको संभवत कही देखिदैन । २०७२ पछाडी पटक पटक स्थानीय चुनाव भए, संघिय र प्रादेशिक स्तरका चुनावहरु भए । चुनावपछिका कुनै पनि राजनीतिक दलका वहुमत या सहमतिका सरकारमा दलितहरु अट्न सकेनन् । 
त्यो आन्दोलनको भिड कहिले बानेश्वर पुग्थ्यो, कहिले माईतीमण्डलामै झुमिरहन्थ्यो । त्यो आन्दोलनमा रोईकराई चिच्याहट, रुवाबासी र अनेकौ चित्कारमा सामेल थिए, नेपालका दलित युवाहरु । संविधानप्रदत दलितले अधिकार नपाएको कुरामा दलित समुदाय र राजनीतिक दलित संघर्ष समिति र दल निकट भातृसंगठनले पटक पटक विरोध गर्न पछि परेनन् । 
पछिल्लो पटक फेरी एक पटक दैलेखका युवा नेता खगेन्द्र सुनारको युवा समुहले काठमाडौ जुरुक्कै उचाल्न बाध्य भयो । देशभरीमा युवाहरुको माग थियो दलितलाई खै ? यो एउटा आन्दोलन थियो, दलितका लागि दलित अभियान । यो अभियानले माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरीरह्यो ।  दलितलाई समान अवसर र अधिकार नदिएको भन्दै झण्डै एक महिना संविधान दिवस सम्म आन्दोलनलाई एउटा उचाईमा पुर्याई रहे । कहिले अर्धनग्न अवस्थामा, कहिले सांलोमा जेलिएर, कहिले लालटिन जुलुशमा प्रदर्शनकारीहरूको आन्दोलन चलिरह्यो । आन्दोलनको दौरानमा प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा केही धकेलाधकेल पनि भएको थियो । 

संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा मुलुकका विभिन्न जिल्लाबाट आएर राजधानी केन्द्रित वृहत प्रदर्शन समेत गरे । आन्दोलनको वल राज्यलाई घुँडा टेकाउनु दलितका अधिकारमा मुखाकार गर्नु थियो । असमावेशी चरिचको मन्त्रिपरिषद् गठनमा राज्यको आँखा खोल्नु थियो । डेढ दर्जन राजदूत नियुक्ति गर्दा का असमावेशी व्यवस्थालाई तोड्नु थियो । दलितहरुमाथी पटक पटक राज्यले गरेको जातीय भेदभाव र छुवाछुतको विभेदकारी परम्परा संस्कारको अन्त्य गर्नु थियो । त्यसैले सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको गरेको वेवास्ताका चरित्रको युवाहरूले प्ले–कार्डसहित ¥याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गरे, सरकारलाई प्रश्न गरे । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको यो एक साहसी युवाको आक्रोश र आन्दोलनप्रतिको जुझारु पञ्च थियो । असोज ३ गते बिहीबार देशभर संविधान दिवसका अवसरमा खुसीयालीका विभिन्न कार्यक्रम भईरहदाँ राजधानी काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म भने ‘दलितलाई खै’ भन्नेहरुको लावालस्कर मध्य दिनको चर्काे घामलाई र सिंहदर्वारलाई र राजनीतिक दलका शिर्ष नेतालाई कडा चुनौती दिईरहेको थियो ।

आन्दोलनका कारण सडक सवारी अस्तव्यस्त मात्रै हैन, आन्दोलनका नाराहरुले सडक पुरै गुन्जायस थियो । सुरक्षाकर्मीलाई ट्राफिक व्यवस्थापन गर्न समेत हम्मे हम्मे परेको थियो । सरकार निर्माणका क्रममा देखी राजनीतिक नियुक्तिमा समेत दलित समुदायलाई विभेद गरिएपछि युवा नेता खगेन्द्र सुनारले करिव डेड महिनादेखी हात खुट्टामा नेल लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । उक्त आन्दोलन संविधान दिवसका दिनसम्म चलिरह्यो । 
पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटकोको व्यवस्था नगरेको भन्दै युवाले विभिन्न प्ले–कार्डसहित ¥याली निकालेर ‘दलितलाई खै’ भन्दै प्रर्दन गरेका हुन् ।  माइतीघर मण्डलामा आन्दोलनरत अभियानका  संयोजक खगेन्द्र सुनार प्रहरी पक्राउ परे ।

आन्दोलनका विच विच आन्दोलनको भिडबाट केही युवा कलाकार हेमन्तकान्छा रसाईली, आयुस परियार लगायतले जातिय विभेद विरुद्धका संगितहरु प्रस्ततुत गरेका थिए । प्रदर्शनका वेला अन्तरजातिय प्रेम गरेकै कारण रुकुम पश्चिममा मारिएका जाजरकोटका नवराज विकका आफन्तीहरु आमा बुवा, अन्तरजातीय विवाह गरेकै कारण मारिएका काभ्रेपलाञ्चोकका अजित मिजारका आमा बुवा पनि भएका थिए । तर यतिलामो आन्दोलनमा विभिन्न दलका भातृसंगठन र नागरिक संघ संगठनका सिमित व्यत्तिहरुको मात्रै सहभागीता र ऐकवद्दताले आन्दोलन अपेक्षा गरेजति तार्किक निष्कृर्षमा पुग्न सकेन । र आन्दोलनका अगुवाईमा अग्रज नेताहरुको भौतिक उपस्थितीमा कन्जुस्याई र आन्दोलनलाई कमजोर ठानिदिने प्रवृतिले आन्दोलन स्थापित हुन नसकेको यथार्थमा कुनै शंका छैन । 

प्रतिक्रिया