राष्ट्रपति समक्ष थारु आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

असोज २१ गते, काठमाडौँ । 
थारु आयोग र मुस्लिम आयोगले आर्थिक वर्ष २०८०–०८१ कोे वार्षिक कार्य प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ । 
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले उक्त प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस गरेको हो । 

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने एक महत्वपुर्ण सम्पदा र माध्यम रहेको बताउनुभयो ।  उहाँले नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आएको थारु समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कारमा विविधता छ, उहाँले भन्नु भयो । “आदिवासी जनजाति समुदायको इतिहास, भाषा, लिपी, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ”, । 

राष्ट्रपति पौडेलले, देशको सांस्कृतिक विविधता कायम राख्न  समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति निम बमोजिम आयोगहरु गठन गरिएको बताउनुभयो । 

उहाँले संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाहीहरू समेटेर तयार पारेको प्रतिवेदनले उठाएका महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्न सरकार विश्वस्त छ भन्नुभयो । 
 

प्रतिक्रिया