“कार्यस्थलमा मानसिक स्वास्थ्य” भन्ने मुल नाराका साथ अक्टोबर १०लाई विश्व मानसिक स्वास्थ्य दिवसको रुपमा मनाईदै छ ।
अन्तरराष्ट्रिय विश्व मानसिक स्वास्थ्य दिवस– २०२४ को सन्दर्भमा सबै प्रकारका श्रमीकहरुले कार्य गर्ने स्थलहरुमा मानसीक स्वास्थ्य प्रबर्धन गर्ने वातावरण बनाउने उद्देश्यका साथ उक्त दिवस मनाउने गरिएको हो ।
तरंगीनी फाउन्डेसनले उक्त दिन प्रेस विज्ञप्ति मार्फत विश्व मानसिक दिवस २०२४को हार्दिक शुभकामना दिएको छ । प्रेस विज्ञप्ति मार्फत विश्वमा करिब ६०% जनसंख्या कुनै न कुनै रोजगारीमा संलग्न भएका मध्ये महिलाको संख्या ४७%ृ रहेको उल्लेख गरेको छ ।
तरंगीणीले नेपालमा करिब ६०.४%ृ महिलाहरु आर्थिक रूपमा सक्रिय रहेको तर धेरैजसो ९०.५% अनौपचारिक क्षेत्रमा संलग्न रहेको तर महिलाहरुले गर्ने कतिपय कार्य क्षेत्रहरु अझै पनि लान्छना, हेला र तुत्छ दृष्टिकोणले हेरिएको जनाएको छ । घर भित्र महिलाले गर्ने कामलाई कामको रुपमा हेरिदैन र यसलाई सेवामूलक कामको रुपमा लिएको छ ।
अहिले नेपालमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक छ । २०२३–२४ को तथ्यांक अनुसार, ७,२२३ जना मानिसहरूले आत्महत्या गरेका छन्, । यो अहिलेसम्मकै उच्च संख्या रहेको छ । यो संख्या दिनमा २० मानिस बराबर हुन आउँछ । आत्महत्याको यो वृद्धिलाई मानसिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ, र यसलाई मानसीक स्वास्थ्य अवस्थाको सुचनको रुपमा पनि लिईन्छ । कुनैपनि व्यक्तिले गर्ने कामलाई कामको रुपमा सम्मानीत नभए सम्म उसको आत्मबिश्वास बढ्न सक्दैन । आत्मविश्वास बलियो नभए सम्म मानसीक स्वास्थ्य राम्रो हुन सक्दैन । त्यसैले कार्यस्थलमा मानसीक स्वास्थ्यको अबधारणा मानिसले गर्ने सबै खाले कामहरुको सम्मान र उचीत मुल्यांकन बिना सम्भव छैन ।
प्रेस विज्ञप्तिमा लेखिएको छ, विश्व मानसीक स्वास्थ्य दिवस २०२४ मा घरेलु , कृषी लगायत सबै सेवा मुलक मानिएका महिलाले गर्ने कामहरुलाई उत्पादनमुलक क्षत्रको रुपमा स्थापीत गर्दै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सबै कार्यस्थलहरुमा मानसीक स्वास्थ्यको अबधारणालाई सार्थक बनाउन सक्रीय बन्न हार्दिक अपील गर्दछौ ।
प्रतिक्रिया