८ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिए
असोज २४, काठमाडौं ।
यस बर्षको दशैं मान्न काठमाडौं उपत्यकाबाट गाउँ पकर्नेहरुको संख्या फूलपातीको विहानसम्म ८ लाख नाघेको छ ।
घटनास्थापनदेखि आज (फूलपाति) बिहीबार बिहान ६ बजेसम्म ८ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको हो ।
यो सख्या नवमीसम्म अझै बढ्ेर १० लाख पुग्ने अनुमान गरिएको छ । यातायात महासंले यसवर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरेको थियो
दशैको मुखमा आएको बाढी पहिरोले सडक सवारी राजमार्गमा अवरोध आएका कारण अनुमान गरेभन्दा कम यात्रु बाहिरीएका हुन् ।
सडक यातायात राम्रो नभएका कारण कठिन यात्रा भोग्न सर्वसाधारण जोखिम मोल्नबाट जोखिएका हुन् ।
यसैविच दसँैमा आवतजावत बढ्ने र सडक दुर्घटनाको जोखिम बढी हुने भएकाले यसको न्यूनिकरण गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी पनि कढाईसाथ निगरानी र चेकजाँच गरिरहेको छ ।
प्रतिक्रिया