प्रेस सेन्टर प्रतिष्ठान प्रदेश अध्यक्षमा दर्नाल

काठमाडौं, माघ १७ गते । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाल चयन हुनुभएको छ । प्रतिष्ठान प्रदेशको बिहीबार काठमाडौंमा भएको अधिवेशनले दर्नालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । 

प्रतिष्ठान प्रदेशको खुला उपाध्यक्षमा विजय फुयाँल, महिला उपाध्यक्षमा पार्वती खड्का, समावेशी उपाध्यक्षमा विवेक लोप्चन, महासचिवमा विमल खड्का, खुल्ला सचिव ईश्वर विक, मधेशी सचिवमा रमिता यादव, महिला सचिवमा समुन्द्रा घिमिरे, दलित सचिवमा हरि जिज्ञासु, समावेशी सचिवमा प्रेमकुमार श्रेष्ठ र कोषाध्यक्षमा हरि रिमाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

समितिको सदस्यमा कृष्ण सिलाल, हरि दुलाल, कुलबहादुर ओली, गणेश पाण्डे, कुमार बिबेकानन्द मिश्र, लक्ष्मण दङ्गाल, समुन्द्र गिरी, नारायण बिश्वकर्मा, बिरेन्द्र धामी, काशीराम जैसी पनि सर्वसम्मत चयन हुनुभयो । 

प्रतिक्रिया