बाल्टीमोर गुरुंग तमु समाज परिवारले लाइभ दोहोरी र विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
गुरुङ संस्कार–संस्कृति तथा नेपाली गीत–संगीतलाई चिनाउने अभियानमा समर्पित उक्त कार्यक्रम यही फरवरी १६ तारिखका दिन वाल्टीमोरमा आयोजना हुने भएको छ ।
बाल्टीमोर गुरुंग तमु समाज परिवारका कार्यवाहक अध्यक्ष श्याम गुरुङले गुरुङ गीत–संगीत पहिचान, संस्कृति र इतिहास तथा अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा भएको बताउनुभयो ।
उहाँले गुरुंग संस्कृतिलाई माया गर्नु, बचाइ राख्नु र नयाँ पुस्तासम्म पु¥याउनु सबैको साझा जिम्मेवारी हो भन्नुभयो ।
उक्त कार्यक्रमका लागि गुरुङ संस्कार–संस्कृति तथा नेपाली गीत–संगीतलाई विश्वभर चिनाउने अभियानमा लोकदोहोरी गायिका दुर्गा गुरुङ र रोधी घर कार्यक्रमकी सञ्चालिका तथा मोडल वालकाशी गुरुङ हाल अमेरिका पुग्नु भएको छ ।
उक्त कार्यक्रमका लागि बाल्टिमोर क्षेत्र वरपर रहनु हुनेहरूका लागि निमन्त्रणा गरिएको छ ।
साँस्कृतिक कार्यक्रम आईतबार १६ फरवरीका दिन साँझ ६ बजे ४१ ३२ ई जोप्पा आरडि नोटिटघाम २११३६ स्थित फेमिलि किचन रेष्टुरेण्टमा हुने भएको छ ।
प्रतिक्रिया