बाल्टिमोर एसोसिएसन अमेरिका (बाना)को, अध्यक्षमा प्रभु थापा निर्वाचित

वासिङटन डिसी । बाल्टिमोर एसोसिएसनको अमेरिका (बाना)को, अध्यक्षमा प्रभु थापा निर्वाचित हुनुभएको छ । 
अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्ने नेपालीहरुको छाता संगठन तथा अमेरिकामा रहेका बिभिन्न संघ÷संस्थाहरु मध्ये एक बानाको बोर्ड अफ ट्रष्टीको निर्वाचनबाट थापा निर्वाचित हुनु भएको हो । 

११६ मतदातामा ९७ मत ल्याएर प्रभुराम थापा बिजयी हुनुभएको हो । विपक्षी महेन्द्र देशारको १९ मत आएको थियो । हालै निर्वाचित अध्यक्ष थापा बाल्टिमोरमा व्यवसाय गर्ने सामाजिक तथा राजनीतिकरुपमा क्रियाशील गैरआवासीय नेपाली व्यक्ति हुनुहुन्छ । 

त्यसैगरी संस्थाको उपाध्यक्षमा कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त, सचिवमा सुर्योदया तिम्सिना निर्विरोध निर्वाचित हुनुभएको छ । रिना केसी, जनक पौडेल, र सुशिला महत सदस्यमा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको गरिमा कायम राख्न समुदायको सेवामा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
बाना सन् २००५ मा स्थापना भएको संस्था हो । बानामा ५ हजारभन्दा बढी सदस्य छन् । 

प्रतिक्रिया