न्युयोर्क । तामाङ सोसाइटि अफ अमेरिकाको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष तुल बहादुर तामाङ र महासचिव शम्सेर योन्जनवीच प्रतिस्प्रधा हुने भएको छ ।
यहि मार्च १६ तारिखका दिन हुने भएको तामांग सोसाईटी अफ अमेरिकाको १२ औ महाधिबेसनमा पदाधिकारी द्धय उपाध्यक्ष र महासचिवले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेको हो ।
मार्च १६ तारिखको आइतवार १२ बजेदेखि मतदान शुरु गरि बेलुका ८ बजे सम्पन्न गर्ने निर्वाचन कमिटिले तयारी गरेको छ ।
महाधिवेसनमा संस्थाका बर्तमान उपाध्यक्ष तुल बहादुर तामाङ र महासचिव शम्सेर योन्जनले आफ्नो आफ्नो तर्फबाट प्रचारप्रसार सहित व्यापक तयारीमा लाग्नुभएको छ ।
उक्त महाधिबेसनका लागि हालसम्म ५०० जना भन्दा बढिले सदस्यता लिइसकेका छन ।
महाधिवेसनका लागि “सस्थाको सुद्ढीकरण, पारदर्शिता र भावनात्मक एकता“ को नारा लिएर चुनावी प्रचारप्रसारमा लागेका शम्सेर योन्जनको टिम लागि परेको छ ।
उक्त टिममा सस्थाको वरिष्ठ व्यक्तित्वहरु लक्यान लामा, भरत मोक्तान, विनोद घिसिङ, विनिता तामाङ, दिपेन्द्र लामा रहेका छन ।
त्यसैगरी “समुदाय बीच भावनात्मक एकता र तामाङ सास्कृतिक बौध्द केन्द्र भवन निर्माण गर्ने“ नारा लिएर तुल बहादुर तामाङको टिम व्यापक तयारीमा जुटेको छ ।
उक्त टिमलाई सस्थाको वरिष्ठ व्यक्तित्वहरु बुध्दि मान तामाङ, सानोमाया तामाङ, बिआर लामा, लुइसाङ वाइबा, सिर्जना स्याङ्तान, राजु तामाङ, राम गोलेले प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिएका छन ।
अध्यक्ष पदका दावेदार उम्मेदवार द्धय तुल बहादुर तामाङ र शम्सेर योन्जन लोकतान्त्रिक विधीबाट चुनाव होस र मत परिणाम आवस भन्ने चाहानामा हुनुहुन्छ ।
दुवै टिमले नतिजा जस्तो आए पनि सस्थाको हितको लागि भावनात्मक एकताको लागि हातेमालो गर्ने प्रण गर्नुभएको छ ।
प्रतिक्रिया