तामाङ सोसाइटी अफ अ्मेरिकाको नेतृत्वमा तुल बहादुर तामाङको टिम विजयी

न्युयोर्क ।  भर्खरै सम्पन्न तामाङ सोसाइटी अफ अ्मेरिकको महाधिवेशनबाट अध्यक्ष तुल बहादुर तामाङको टिम विजयी भएको छ । 
कडा प्रतिस्पर्धा बीच सम्पन्न तामाङ सोसाइटी अफ अ्मेरिकको महाधिवेशनमा तुल बहादुर तामाङ समुहले विपक्षी शमसेर योन्जनलाइ ११ मतले पछि पार्दै विजयी भएको हो । कुल ६१९ जना मतदातामध्ये ५०१ मतपत्रमा सर्वाधिक २५९ मत ल्याएर चादनी लामा महासचिव पदमा निर्वाचित हुनुभएको छ ।

नव निर्वाचित अध्यक्ष तुल बहादुर तामाङ्ले न्युयोर्क लगायत वरिपरिका स्टेटको तामाङ समुदायलाइ एकिकृत गर्दै समुदायको पहिचान, धर्म, संस्कृति तथा खेलकुदको प्रवद्र्धनमा र अन्य क्षेत्रमा विशेष जोड दिने प्रतिबद्धता गर्नुभएको छ । 
कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सन्त बहादुर तामाङ, उपाध्यक्ष दुध राज तामाङ, महिला उपाध्यक्ष उमा तामाङ, महासचिव चादनी लामा,  सचिव राजु लामा, महिला सचिव सोनिया मोक्तान,  कोषाध्यक्ष विष्णु तामाङ, सहकोषाध्यक्ष निरु तारा योन्जन निर्वाचित हुनु भएको छ । 
सानु मोक्तान सदस्य पदमा यस अघि नै निर्विरोध निर्वाचित हुनभएको छ । तामाङ सोसाइटी अफ अमेरिकाले लामो समयदेखि तामाङ समुदायको एकता, सहयोग, धर्म–संस्कृति संरक्षण तथा सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 
निर्वाचन आयुक्त बिआर लामा, निर्वाचन अधिकृत सानो माया तामाङ र राजु तामाङको संयमता र निरन्तर खटाईमा शान्तिपुर्ण र व्यवस्थित ढङ्गले निर्वाचन सम्पन्न भएको छ । प्रमुख अतिथि लामा गुरुले दीप प्रज्ज्वलन गरी मन्त्र पढेर शुरु भएको महाधिवेशनमा सचिव मैया तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  
महासचिव शम्सेर योन्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि अध्यक्ष बुध्दिमान तामाङले आफ्नो कार्यकालमा संस्थाले गरेको आम्दानी बीस हजार डलर ट्रष्टिका अध्यक्ष इन्द्र तामाङलाइ हस्तान्तरण गर्नुका साथै आफ्नो कर्यकाल सफल बनाउन सहयोग पुर्याउने सम्पुर्ण सदस्यारुलाइ धन्यवाद दिदै कार्यकाल समाप्त र कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । 
 

प्रतिक्रिया