मनोरन्जन

उदयीमान गायक करण परियार म्युजिक भिडियोमा अभिनय गर्दै ।

काठमाडौँ –  करण परियार मध्यम परिवारमा जन्म लिएर सांगितिक क्षेत्रमा उदयीमान कायम गरेका व्यक्ति हुन् । हालैको बर्ष नेपाल आईडलको सिजन ५ विजेता करण परियारको गायकी चर्चित स्टार गायक शिव परियारको कला र गलासँग मेल खान्छ । उहाँले गायनमा उत्किृष्टता हासिल गरे लगत्तै हालै म्युजिक भिडियोमा मुख्य पात्रमा मोडलको भूमिका अभिनय गर्नुभएको हो । करणले पहिलो पटक अभिनय गरेको यो म्यूजिक भिडियोमा अमेरिका स्थित विभिन्न शुभचिन्तकहरूको लगानी रहेको छ ।