क्यानका कार्यवहाक सचिव पाठकमाथि दुर्व्यवहार भएको भन्दै मकवानपुर प्रहरीमा उजुरी

क्यानका कार्यवहाक सचिव पाठकमाथि दुर्व्यवहार भएको भन्दै मकवानपुर प्रहरीमा उजुरी

२८ साउन, काठमाडौं । मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवहाक सचिव दुर्गा पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

हेटौंडामा खाना खान बसेका पाठकमाथि स्कुटरमा आएका दुई अपरिचित व्यक्तिले शनिबार मोबिल फ्याँकेका थिए ।

मेरो पूर्वाग्रही कोही होइन । म त्यहाँ केन्द्रीय प्रतिनिधिको हिसाबले काम गर्न गएको थिएँ । जिम्मेवारी सम्पन्न भएपश्चात खाना खान बस्दा पछाडिबाट मोबिल प्रहार भयो’, पाठककले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘मलाई नै हो भन्ने किटानी पनि भएको होइन । सबैजना बसिरहेका थियौं । मेरो सर्टमा लाग्यो पछि सबै साथीहरुसँग कुरा गरेर मैले प्रहरीमा उजुरी गरेको छु । छिट्टै दोषी पक्राउ होस् भन्ने चाहना छ ।’

उनीमाथि दुव्र्यवहार भएको भन्दै क्यानले विज्ञप्ति निकालेर खेद प्रकट गरेको छ ।

Reference:https://www.onlinekhabar.com/2023/08/1350038

 

प्रतिक्रिया