अमेरिकाज क्षेत्रीय युवा चुनाव
गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको २०२३ देखि २०२५ का लागि एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजक पदमा डा. शंकर विशुंकले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
“युवा सशक्तिकरण मार्फत् संस्थागत रूपान्तरण” भन्ने मूल मन्त्रलाई अघि सार्दै डा. शंकर विशुंकले उक्त पदमा उम्मेदवारी दिनुभएको हो ।
उहाँले युवाहरूको समस्या समाधानका उपायहरू र भबिश्यका सम्भावनाहरूको बारेमा काम गर्न आफू आतुर रहेको बताउदै चुनावमा जिताउन साथ र सहयोग का लागि अपिल गर्नुभएको छ ।
“सकारात्मक परिवर्तनको ज्योति प्रज्वलित गर्ने लक्ष्य लिएको छु ”, । उहाँले भन्नुभयो, “ क्षेत्रीय युवा उप–संयोजकको रूपमा, म हाम्रा युवाहरूको आवाजलाई सम्बन्धित ठाउँमा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु ” ।
अमेरीकाज् क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारी, लगायत बिभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने उहाँको संकल्प रहेको छ ।
उहाँले यस क्षेत्रका दोस्रो पुस्ताका युवाहरूको क्षमता अभिवृद्धि गर्न सोही अनुसारको मार्ग खोज्ने काममा हौसला पुर्याउने का मगर्ने बताउनु भएको छ ।
साथै उहाँले आजका युवाहरू नै भोलिको कर्णधार भएकोले युवा शक्तिलाई सदुपयोग गर्दै एनआरएनको संस्थागत् रूपान्तरण गर्ने प्रतिबद्धतालाई साथ र सहयोगका अपेक्षा सहित अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया