२३ असोज, काठमाडौं ।
अमेरिकाको फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ अहिलेसम्मकै शक्तिशाली तुफानको आएको छ । अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान टाम्पा खाडी क्षेत्रतर्फ बढ्दै गर्दा शताव्दीकै खतरनाक भएको बताएको हो । अमेरिकी स्थानीयवासीहरुले अहिलेसम्म यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले भने– यस मिल्टन तुफानका कारण आम मानिसको जीवन मरणको सवाल दोसाँधमा रहेको बताउनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान गर्दै, यसको सबैभन्दा बढी प्रभाव फ्लोरिडामा पर्ने भएकाले आपतकाल घोषणा गर्न अनुमति दिइसक्नुभएको छ ।
मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ ।
ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गर्नुभएको छ । उहाँले भन्ुभयो, फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ । ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ ।’
नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ । र, १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ । उक्त तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा खस्ने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ लाग्ने भएको छ । उक्त जोखिम क्षेत्रमा विनाशको अुमान सहित स्थानीयासीको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
अमेरिकी मौसमविदहरुले मिल्टन तुफानको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने बताएको छ । अहिले फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । यसले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ ।
यो तुफानले समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठउने भएको छ । तुफानपछि १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । साथै वर्षापछि बाढी आउने सक्ने संभावना रहेको छ ।
अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका तुफानविज्ञ फिल क्लोटजब्याकले सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको बताउनुभएको छ । अगष्ट र सेप्टेम्बर गरी चार पटक तुफान आइसकेको छ ।
केही दिन अघिमात्रै आएको हेलेन तुफानले अमेरिकामा हुनेको संख्या १३० जनाको ज्यान लिएको थियो ।
प्रतिक्रिया