अमेरिकाको पेन्सिलभेनियामा भाईटीकालाई राज्यस्तरीय चाडको मान्यता : नेपालीभाषीहरुमा हर्ष

कात्तिक, ७, न्यूयोर्क । 
नेपाली संस्कृति र धर्म संस्कार र चाडवाडको प्रभाव विश्व बजार तथा समुदायको विचमा पर्दै गएको छ । अमेरिका देखी अस्ट्रेलिया र युरोप तथा अन्य विकसित र विकासशील देशहरुमा यसको प्रभाव पछिल्लो समयमा बढ्दै गएको हो । 

जहाँ जहाँ नेपालीहरु, त्यहाँ त्यहाँ दशैं तिहार तिज तथा अन्य धार्मिक नेपाली परम्परा, कला संस्कार धर्म र चाडपर्वको रौनकता मौलाउदै गएको छ । त्यसैगरी नेपाली समजमा पनि विश्वका सबै धर्मका प्रभाव र संस्कारको छाप, कला कौशलता सीप आधुनिकरण र सिकाईहरु आयातित भईरहेका छन् । नयाँ कुराको सिकाई र अनुकरण एक ठाउबाट र अर्काे ठाउमा पुग्नु र त्यसको अनुसरण गर्नु राम्रो कुरा मानिन्छ । गलत अभ्यास र कुसंस्कारको अन्त्य गरी समाजमा न्याय स्थापना गर्नु, आत्मसम्मानपुर्ण बाँच्न पाउनु मानव अधिकारको सम्मान गर्नु संरक्षण र सम्वद्र्धन गर्नू चाहे विदेशी हुन् स्वदेशी हुन् या नेपालीहरु सामुहकि भावना, एकता ऐक्यवद्धतापूर्ण सबैको दायित्व, कर्तव्य र जिम्वेवारी बन्न आउछ । 

भर्खरै नेपालीहरुको हिन्दु चाड बडा दशै सकिएको छ । दशै लगत्तै तिहार तथा भाईटिका वा दिपावली नजिकिदै छ । यस अवसरमा अमेरिकाको पेन्सिलभेनिया राज्यमा दिपावली अर्थात् भाईटिका पर्वलाई राज्यस्तरीय चाडका रुपमा घोषणा गरेको छ । गभर्नर जश शापिरोले द्विदलीय विधेयकमा हस्ताक्षर गरीसकेका छन् । दीपावली तथा तिहारलाई त्यहाँ राज्यले चाडपर्वको रुपमा स्वीकार गरेको छ । तर त्यस अवसरमा विद्यालय, सरकारी कार्यालय र व्यापार व्यवसायहरु पुर्ण रुपमा सञ्चालन हुनेछन् । 
त्यहाँको गभर्नरले नेपाली चाडको सांस्कृतिक महत्वलाई स्वीकार गर्दै पेन्सिलभेनियालीहरूलाई यो चाड मनाउन प्रोत्साहन गरेको छ ।

त्यसका लागि अक्टोबर ९ मा पेन्सिलभेनियाको राज्यसंसदबाट यस सम्बन्धि यो विधेयक समेत पारित भईसेकेको छ । यस अवसरमा त्यहाँको सरकारले पहिलो पटक दिपावली अर्थात् दिवाली अब पेन्सिलभेनिया राज्यमा मान्यता दिदै हिन्दु, जैन र शिख धर्मालम्बीहरुलाई राम्रोसँग दिपावली मनाउन शुभकामना समेत दिुभएको छ । तिहारको तयारी भईसकेकाले पेन्सिलभेनियामा रहेका सबैले बत्तिहरुको पर्व दिपावली मनाउने भएका छन् ।

पेन्सिलभेनिया राज्यले नेपाली चाडपर्व दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिइएको कारण त्यहाँ नेपालीभाषीहरु खुशी भएका छन् । भुटनीज कम्युनिटी इन ह्यारिसवर्षका अध्यक्ष तिलक निरौलाले हिन्दुहरुको महान चाडलाई पेन्सिलभेनिया राज्यले आधिकारिक मान्यता दिनु भएको ऐतिहासिक भएको बताउनुभएको छ ।
 

प्रतिक्रिया