बालकृष्ण खाँणलाई बचाउन भण्डारी भेट्न पुगेका थिए शेर्पा, पक्राउ पुर्जीपछि वेपत्ता

बालकृष्ण खाँणलाई बचाउन भण्डारी भेट्न पुगेका थिए शेर्पा, पक्राउ पुर्जीपछि वेपत्ता

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका पूर्वसांसद आङ्तावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उक्त प्रकरणमा पक्राउ परेर हाल हिरासतमा रहेका सानु भण्डारीलाई भेटेका उनीमाथि आवश्यक अनुसन्धानका लागि पक्रन खोजिएको हो । प्रहरी उच्च अधिकारीका अनुसार शेर्पाले हिरासतमा भण्डारीलाई भेटेर पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नपोल्न अनुरोध गरेका थिए ।

तर, आफूविरुद्ध पुर्जी जारी गर्ने प्रहरीको तयारी सुईंको पाएका शेर्पा मोबाइल अफ गरी बेपत्ता भएका छन् । अस्ति जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको प्रहरीले त्यतिबेलादेखि नै खोजी थाले पनि फेला पार्न सकेको छैन । दोस्रो संविधानसभा निर्वाचनमा रामेछापबाट चुनाव जितेका शेर्पाले हिरासतमा भण्डारी र केशव दुलालसँग भेटेर अनुसन्धान प्रभावित पार्ने प्रयास गरेको बताइएको छ ।

https://www.sajhakatha.com/2023/05/14/14399/

प्रतिक्रिया