डान्स गरेर भाग्यमानी बनेका दीपक, एसियन गेम्समा पदक भित्र्याउने लक्ष्य

डान्स गरेर भाग्यमानी बनेका दीपक, एसियन गेम्समा पदक भित्र्याउने लक्ष्य

११ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा समावेश ४५ खेलमध्ये एक खेल हो- ब्रेकडान्सिङ। यस संस्करणमा नेपालले सहभागिता जनाउने २९ खेलमा ब्रेकडान्सिङ पनि छ ।

नेपालका ब्रेक डान्सर दीपक लामाले यसमा सहभागिता जनाउँदैछन् । ब्रेकडान्सिङ एसियन गेम्समा समावेश हुनु नै सबैभन्दा ठूलो कुरा रहेको बताउने दीपक त्यसमा आफू सहभागी हुन पाउँदा उत्साहित छन् । ‘हाम्रो लागि ब्रेकडान्सिङ एसियन गेम्समा हुनु नै एकदम ठूलो कुरा हो,’ पोखरमा बसेरएसियन गेम्सको तयारी गरिरहेका दीपकले अनलाइनखबरसँग भने, ‘प्रतियोगितामा भाग लिन पाउनु नै हाम्रो लागि ठूलो उत्साह हो । म एकदमै उत्साहित छु ।’

सन् ७० को दशकमा अमेरिकन हिप हप संस्कृतिबाट सुरु भएको ब्रेकडान्सिङ पछिल्लो समय भने विभिन्न खेलकुद प्रतियोगितामा समावेश हुन थालेको छ । यसअघि सन् २०१० मा चीनमै भएको १६औं एसियन गेम्समा डान्स स्पोर्ट्सकादुईविधा स्ट्यान्डर्ड डान्स र ल्याटिन डान्स समावेश थियो । स्ट्यान्डर्ड र ल्याटिन डान्स दुवैका सबै ५-५ इभेन्टमा चीनले क्लिन स्वीप गरेको थियो ।

एसियन गेम्समा दशकअघि नै समावेश भएको ब्रेकिङडान्स विश्व स्तरमा भने सन् २०१८ मा अर्जेन्टिनामा आयोजित युथ ओलम्पिकमा परीक्षणको रुपमा समावेश गरिएको थियो । अब भने यो ओलम्पि

क गेम नै बनिसकेको छ । डान्स स्पोर्टस अन्तर्गत ब्रेकिङडान्स (बी-बोईङ)लाई पेरिस ओलम्पिकमा आधिकारिक खेलका रुपमा समावेश गरिएको छ ।

Reference :  https://www.onlinekhabar.com

प्रतिक्रिया