काठमाडौं: परिवर्तनका लागि सहकार्य नेपाल (CAN) ले बोक्सीप्रथा केन्द्रित अनुसन्धानात्मक अध्ययन ‘शल्यक्रिया’ पुस्तक प्रकाशित गरेको छ । पत्रकार लोग्शरी कुँवर र सञ्जय खड्काद्वारा लिखित सो अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’को विमोचन कार्यक्रममा बोल्दै लेखकहरूले समाजमा बोक्सीको आरोपमा मानवमाथि मानवव्दारा भइरहेको मध्ययुगीन बर्बरता र त्यस सम्बन्धका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनबारे अध्ययन र विवेचना समेटिएको बताउनु भयो ।
अहिले पनि बोक्सीका नाममा मरणासन्न हुने गरी कुटपिट गर्ने, मलमूत्र खुवाउने, समाजबाट बहिष्कार गर्ने, गाउँ निकाला गर्ने, सिस्नोपानी लगाउने, डाम्ने लगायत घटना समाजमा हुने गरेका छन् । समाजमा भएका यस्तै घटना र विश्वमा भएका घटनाको खोजी गर्दै अन्य मुलुकमा भइरहेको कानुनी प्रयासबारे पुस्तकमा समावेश गरिएको जानकारी दिइएको छ ।
प्रतिक्रिया