ब्याजदर अझै घट्छ : अध्यक्ष, बैंकर्स संघ
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर अझै घट्दै जाने बताएका छन् । आज संघले आयोजना गरेको पत्रकार सम्मेलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्र बैंककाे निर्देशन बमाेजिम असारमा स्प्रेडदर ४ प्रतिशतमा घटाउने झारेका हुँदा आउँदा दिनमा ब्याजदर अझै घट्ने देखिएको उनले बताएका छन् ।
छिमेकी मुलुक भारतकाे इन्फ्लेसन रेट कन्ट्राेलमा रहेकाे र यसले पनि केही समय ब्याजदर तलै जान मद्दत गर्ने उनले बताए । यस्तै, विप्रेषण र विदेशी मुद्राको सञ्चितिमा भएको वृद्धिले अर्थतन्त्र सहज बन्दै गएको उनले बताए ।
https://arthasansar.com/news/53060
प्रतिक्रिया