ठूलो अन्तरको जितसँगै भारतलाई वान डे सिरिज

ठूलो अन्तरको जितसँगै भारतलाई वान डे सिरिज

ट्रिनिडाड एन्ड टोबागो — भारतले वेस्ट इन्डिजलाई मंगलबार दुई सय रनको ठूलो अन्तरले पराजित गर्दै तीन खेलको वान डे सिरिज २–१ ले जितेको छ । भारतले दोस्रो वान डेमा गरेको खराब प्रदर्शनलाई ओझेलमा पार्दै ब्रायन लारा स्टेडियमा यो सफलता चुमेको हो ।

नियमित कप्तान रोहित शर्मा र विराट कोहलीलाई आराम दिएको भारतले त्यसका बावजुत पनि पहिले ब्याटिङ गर्दै पाँच विकेटमा ३ सय ५१ रन बनाएको थियो । त्यसको जवाफमा वेस्ट इन्डिजले ३५.३ ओभरमा अलआउट हुन अगाडि १ सय ५१ रन मात्र बनाउन सक्यो ।

वान डे क्रिकेटमा वेस्ट इन्डिजमाथि भारतको यो रनको आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । यससँगै भारत वेस्ट इन्डिजविरुद्धका पछिल्ला १३ वान डे सिरिजमा लगातार विजयी रहेको छ । भारतका लागि इसन किसनले ७७, शुभमन गिलले ८५, सन्जु सामसनले ५१ र कप्तान हार्द्धिक पान्ड्याले ७० रन बनाए ।

Reference : 

https://ekantipur.com/sports/2023/08/02/169093748832817719.html

प्रतिक्रिया