दाजु-बहिनीको फेसन उद्यम
काठमाडौं । सोह्रखुट्टेका फरहीन बानु र उनका दाजु सफीर खानलाई आफ्नै केही व्यवसाय गर्नुपर्छ भन्ने लाग्थ्यो । किनकि उनीहरूले सानैदिख बुबाले छालाको कच्चा पदार्थको व्यापार गरेको देखेका थिए । फरहीन स्नातक पढ्दै थिइन् भने सफीर आईटीमा स्नातक सकाएर बसेका थिए । उनीहरूले मिलेर केही व्यवसाय गर्ने सोच बनाए ।
बुबाले छालाको कच्चा पदार्थको व्यापार गरिरहेकाले उनीहरूलाई त्यसबारे ज्ञान थियो । छालाको बारेमा ज्ञान भएकाले उनीहरूमा छालाकै सामान किन नबनाउने त भन्ने सल्लाह भयो । त्यसैअनुसार २०७६ मंसिरमा उनीहरूले सुरु गरे ‘छाला’ । जहाँबाट छालाको डिजाइनर ज्याकेट, बेल्ट, पर्स, ब्याग लगायत सामान उत्पादन गर्न थाले । उनीहरूले ‘छाला’ सुरु गरेको केही महिनामा नै कोरोना महामारीका कारण लकडाउन भयो, काम ठप्प बन्यो ।
कोरोनाबाट बच्न मास्कको प्रयोग अनिवार्य भएपछि नेपाली बजारमा मास्कको अभाव हुन थाल्यो । मास्कको अभाव भइरहेको समयमा फरहीन र सफीरको दिमागमा एउटा आइडिया आयो छालाको मास्क बनाउने ।
मास्क बनाउने सोच त आयो तर त्यो मास्कले कोरोनाको जोखिमबाट बचाउनुका साथै स्टाइलिस्ट पनि हुनुपर्यो । अब उनीहरूले तीनपत्रे छालाको मास्क तयार गरे । त्यो मास्क पहिले आफैं लगाए र आफ्ना साथीहरूलाई पनि दिए । साथीहरूबाट राम्रो प्रतिक्रिया पाएपछि उनीहरूले छालाको मास्क बजारमा ल्याए । मास्क पुन: प्रयोग गर्न मिल्ने र बलियो भएकाले ग्राहकहरूले छालाको मास्कलाई एकदमै रुचाए ।
‘छाला’को मास्कको लोकप्रियतासँगै छालाको सामानको गुणस्तर राम्रो हुन्छ भन्ने कुरा धेरैलाई थाहा भयो । कोरोनाको जोखिम कम भएसँगै मास्कको उत्पादन त बन्द भयो । तर छालाले नयाँ डिजाइनमा महिला पुरुषको लागि ब्याग, ज्याकेट, पञ्जा र बेल्ट उत्पादनलाई बढायो ।
राम्रो गुणस्तर र राम्रो डिजाइन भएकाले छालाको सामान धेरैको रोजाइमा पर्यो । ‘छाला’को अर्को विशेषता भनेको आफूलाई मनपर्ने डिजाइन र आकारमा ज्याकेट र ब्याग कस्टमाइज पनि गर्न सकिन्छ ।
बजारभन्दा कम मूल्यमा गुणस्तरीय छालाको सामान
लेदरको सामान भनेपछि अलि फेन्सी भन्ने सोच छ । त्यसैले लेदरको केही सामान आफूसँग होस् भन्ने पनि धेरैलाई लाग्छ । तर लेदरको सामान अन्य भन्दा महंगो हुने भएकाले मान्छेले आफ्नो इच्छा पूरा गर्न सकेका हुँदैनन् ।
लेदरको सामान खरिद गर्ने सबैको सपना पूरा गर्न ‘छाला’ सुरु गरेको फरहीन बताउँछिन् । ‘बजारभन्दा कम मूल्यमा गुणस्तरीय लेदरको ज्याकेट, बेल्ट लगाउने इच्छा पूरा होस् भन्ने सोचले नै हामीले छाला सुरु गरेका हौं,’ उनी भन्छिन्, ‘के सामान बनाउने हो त्यहीअनुसार जनावरको छाला प्रयोग गरिन्छ
Reference:https://www.onlinekhabar.com/
प्रतिक्रिया