सिंहदरबारभित्र लाग्दैन ट्राफिक नियम

सिंहदरबारभित्र लाग्दैन ट्राफिक नियम

सिंहदरबारबाहिरको सडकमा यसरी गाडी राख्ने हो भने काठमाडौं महानगरपालिकाले उठाउँथ्यो, नभए ट्राफिक प्रहरीले जरिवाना गर्थ्यो । सिंहदरबारभित्रको ट्राफिक नियमविपरीतका पार्किङ लगायतका गतिविधिहरू ती निकायले पनि टुलुटुले हेर्न बाध्य छन् ।

३ भदौ, काठमाडौं । सिंहदरबारभित्र सडकको दुबैतर्फ आधा–आधा भाग र सडक पेटीको पुरै भाग ढाकेर गाडी राखिनु सामान्य बनेको छ । काम विशेषले सिंहदरबारभित्र जानेहरु फुटपाथबाट हिँड्न पाउँदैनन्, बीच सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।

गत बिहीबार कांग्रेस संसदीय दलको कार्यालय जान लागेका ओखलढुंगाका ३५ वर्षीय जोगबहादुर बस्नेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडिको सडकमा रनभुल्ल परे । फुटपाथ र सडकको एक छेउ ढाकेर गाडी राखेपछि उनी बीच सडकबाटै अगाडि बढ्दै थिए, अगाडिबाट पजेँरो गाडी आएको देखेपछि फुटपाथतिर जान खोजे, तर गाडीले ढाकिएका कारण फुटपाथ जान नसक्ने भएपछि हातले इशारा दिएर पार्किङ गरेको गाडीमा अडेस लागे ।

https://www.onlinekhabar.com

प्रतिक्रिया