हेलिकोप्टर उडानमा कडाइविरुद्ध अल्पकालीन आदेश
काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले जारी गरेको ५ बुँदे निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई छलफलमा बोलाउने आदेश दिँदै प्राधिकरणद्वारा असार २८ मा हेलिकोप्टर कम्पनीहरूलाई पठाइएको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
चालकसहित ६ जनाको ज्यान जाने गरी असार २६ मा सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनापछि प्राधिकरणले ५ बुँदे निर्णय गर्दै निर्देशन दिएको थियो ।
चालकसहित ६ जनाको ज्यान जाने गरी असार २६ मा सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनापछि प्राधिकरणले ५ बुँदे निर्णय गर्दै निर्देशन दिएको थियो ।
Reference : https://ekantipur.com/news
प्रतिक्रिया