शनिबारदेखि माओवादीको 'मिसन-०८४ अभियान' सुरु हुने
काठमाडौँ — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ने शनिबारदेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर पार्टी रूपान्तरण अभियान सुरु गर्ने भएको छ । २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने गरी माओवादीले शनिबारदेखि शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर-२, भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम रहेको पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
'सिकाउने भन्दा पनि सिक्ने उद्धेश्यले जान लागेको हो । जनता असली नायक हुन् भन्ने हो । जनताको उत्साह र सिर्जनाशीलता जाँदैछौं,' उनले भने, 'पहिलो चरणमा आन्तरिक प्रशिक्षण, दोस्रो चरणमा अन्तरक्रिया र तेस्रो चरण आमसभाहरू आयोजना गरिने छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान हो। 'घरघरमा माओवादी, जनजनमा माओवादी' ओठे भक्ति नभई अन्तर हृदयबाट यो काम हुन्छ ।' गत महिना भएको माओवादी केन्द्रको केन्द्रीय समितिको अभियानले ३ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइने पार्टीले दाबी गरेको छ ।
सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको पनि माओवादीको दाबी छ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने गरी पार्टी र जनवर्गीय संगठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ । माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरूलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।
प्रवक्ता सापकोटाका अनुसार अभियानमा उपप्रधानमन्त्रीसमेत रहेका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका-२८ हरिसिद्धि ललितपुरमा खटिने बताए । त्यसैगरी उपाध्यक्षहरू कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका जेल्वाङ रोल्पा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा निसंखुपाखा-३ सिन्धुपाल्चोक र उपाध्यक्ष उपाध्यक्ष पम्फा भुसाल ललितपुर वडा २२ मा अभियानमा संलग्न हुने छन् । त्यसैगरी महासचि देव गुरुङ सुन्दरबजार-८, भोटेओढार लमजुङमा खटिने भएका छन् ।
Reference : https://ekantipur.com/news
प्रतिक्रिया