भोकले दिमागलाई कसरी असर गर्छ ?

भोकले दिमागलाई कसरी असर गर्छ ?

काठमाडौं । मस्तिष्कलाई धेरै कुराले प्रभाव पार्छ, त्यसमा भोक र खाना पनि पर्छ । भोक लाग्दा दिमागलाई कसरी प्रभाव पार्छ ? भन्ने विषयमा केही अध्ययन भएका छन् ।

राम्रो स्वास्थ्यका लागि खाना एकदम महत्वपूर्ण हुन्छ । त्यसो भए के खानाले मुड, सोच्ने तरिकामा परिवर्तन गर्न सक्छ त ?

 

तौल घटाउन खोजिरहेका दुई हजार मानिसमा गरिएको अनुसन्धानमा थोरै तौल घटाउनेमध्ये ८० प्रतिशत मानिसमा डिप्रेसनको लक्षण देखा परेको थियो ।

भोकले कसरी मस्तिष्कलाई असर गर्छ ?

भोकले मस्तिष्कलाई प्रत्यक्ष रुपमा असर गर्छ । किनकि प्राय: रिस उठेको बेलामा हामीलाई भोक पनि लागिरहेको हुन्छ । किनकि मस्तिष्कले राम्रोसँग काम गर्न पर्याप्त पोषक तत्व र क्यालोरी आवश्यक पर्छ । भोक लागेको बेला मस्तिष्कमा यी तत्वहरु कमी वा यी तत्व बिना काम गर्नुपर्दा दिमागमा लोड परेर रिस उठ्छ ।

तर के दैनिक जीवनमा केही समयको लागि भोकले हाम्रो सोच्ने तरिका र मुडलाई असर गर्छ ?

यसको उत्तरमा कर्पोरेट रोजगारदाता र मार्केटिङ प्रोफेसनल रविकान्त भन्छन्, ‘मलाई धेरै भोक लाग्यो भने धेरै रिस उठ्छ, चिडचिडापन महसुस हुन्छ । त्यसैले म कहिल्यै उपवास वा व्रत बस्न सक्दिनँ । किनभने मलाई धेरै भोक लाग्छ र भोक लागेपछि मेरो मुड खराब हुन्छ । जस्तै यदि मैले एक पटकको खाना खान बिर्सें भने वरिपरि भएका सबै जनासँग रिस उठ्छ । त्यसैले जब मेरो पेट खाली हुन्छ, मलाई रिस उठ्छ । यो कुरा मैले कक्षा १२ मा पढ्दा महसुस गरेको थिए ।’

भावनामा खानाको प्रभाव

जब हामीले हाम्रो भावना बुझ्दैनौं वा बुझेर पनि स्वीकार गर्दैनौं, त्यतिबेला हाम्रो सोच हाम्रो भावनामाथि हाबी हुन्छ । त्यसैले आफ्नो भावनालाई नियन्त्रण गर्न मनमा किन र के कारणले भावना आएको भन्ने थाहा पाउन सक्नुपर्छ ।

यसलाई अझ प्रष्ट पार्न मनोवैज्ञानिक तथा वरिष्ठ परामर्शदाता निशा खन्ना भन्छिन्, ‘मानिसका तीनवटा आधारभूत आवश्यकताहरू छन्, भोक, तिर्खा, निद्रा र शारीरिक । यी तीनमध्ये कुनै एक पूरा भएन भने पनि यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पार्न सक्छ । त्यसैले भोकले प्रत्यक्ष रुपमा दिमागमा असर गर्छ ।

साथै अनुसन्धानअनुसार शरीरलाई बिहानको खाना महत्वपूर्ण हुन्छ । किनभने यसले हामीलाई बिहानको आवश्यकता अनुसार ऊर्जा प्रदान गर्ने गर्छ भने यसले हाम्रो निर्णय क्षमता, स्मरणशक्ति, ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।

खानाले हाम्रो मुडलाई कसरी असर गर्छ ?

सन् २०२२ मा गरिएको एक अध्ययनले देखाएको छ कि खराब मुडले हामीलाई अक्सर निराशावादी बनाउँछ, जसले हाम्रो सोचाइलाई अझ नकारात्मक बनाउन सक्छ । यस्तो बेला मुड खराब छ भनेर सचेत हुन सकेनौं भने गलत निर्णय दिने सम्भावना बढी हुन्छ ।

जैविक रसायन विज्ञान

यसको उदाहरणमा मुम्बईकी एक ३५ वर्षीया गृहिणी शिल्पाको दिएको छ । उनलाई प्रि-डाइबिटिज छ । जसको मतलब उनलाई मधुमेह हुने जोखिम बढी छ । तर पनि उनी महिलावारी समयमा दुखाइ कम गर्न र मुड ठीक राख्न आइसक्रिम र डार्क चकलेट खान्छिन् । यस विषयमा शिल्पासँग प्रश्न गर्दा उनी भन्छिन्, ‘जब म आइसक्रिम वा डार्क चकलेट खान्छु, त्यसपछि मेरो मुड एक्कासि धेरै खुसी र जीवनमा सबै ठीकठाक चलिरहेको महसुस हुन्छ ।’

 

विगतको कुरा सम्झिंदै सुरुमा महिनावारीको दिनमा मलाई धेरै दुखाइ हुने बताइन् । पछिल्लो समय ती दुई खानेकुरा खाएपछि भने दुखाइ भुल्न मद्दत भएको उनी बताउँछिन् । ‘मलाई प्रि-डायबेटिज भएको कारण गुलियो चीज धेरै खानुहुँदैन थाहा तर त्यो त्याग्न सक्दिन, बरु खाइसकेपछि म एकछिन व्यायाम वा वाकमा जान्छु,’ उनी भन्छिन् ।

Reference:  https://www.onlinekhabar.com

प्रतिक्रिया