विराटनगरमा प्रचण्डले भने – पाँच वर्ष यही गठबन्धन चल्छ

विराटनगरमा प्रचण्डले भने – पाँच वर्ष यही गठबन्धन चल्छ

२५ भदौ,विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन् ।

 

समाजवादी मोर्चाको सन्देशसभामा विराटनगर आएका उनले सोमबार विहानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।

पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै बाहिरिने क्रममा उनले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन कार्यसूची छ ।

Reference:  https://www.onlinekhabar.com

प्रतिक्रिया