लैङ्गिक रुपान्तरणकारी सम्बाद प्रवर्धन प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

आश्विन ३ गते, काठमाडौं ।  
गत भाद्र ३० गते देखि सञ्चालित लैङ्गिक रुपान्तरणकारी सम्बाद प्रवद्र्धन सम्बन्धि पाँचदिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम आज काठमाण्डौमा सम्पन्न भएको छ । 
एन वुमन र फिनल्याण्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जुरी नेपाल, दलित महिला संघ दलित महिला केन्द्र,  रेन व्यारेल कम्युनिकेसनले काठमाण्डौमा आयोजना गरेको यो दोस्रो वर्षको प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम हो । 
समुदायमा रहेको लैगिंक अवधारणा, लैगिंक मुल्य मान्यतामा आधारित भेदभावपूर्ण व्यवहारहरुबारे साझा बुझाई बारे सिकाई निर्माण गर्नुभएको छ । तालिम प्रशिक्षण कार्यक्रमले आफ्नो समुदायमा वहिष्करणमा पारिन सक्नेहरुलाई बोल्न सक्षम बनाउने तथा उनीहरुको अन्तर व्यक्तिहरुबीचको सञ्चार सीप विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । 
प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुले विभिन्न समुह निर्माण गरी आफ्नो समुदायभित्र जिम्वेवारी र सामुहिक जवाफदेहिताको भवना कसरी प्रर्वद्धन गर्ने, अन्तरव्यत्ति र समुहको सहजीकरण कसरी प्रभावकारी बनाउने भन्ने सीप कौशलताको विभिन्न अभ्यासहरु प्रस्तुत गर्नु भएको थियो ।

यस निर्देशिकामा सहजीकरण सीप र पूर्वाग्रहरुको सम्बोधन साथै सहजकर्ता र सहभागीहरु वीचको शत्ति भिन्न्ताबारे एक खण्ड समावेश गरिएको छ । छलफलका नतिजाहरु अभिलेखीकरण गर्नका लागि साथै के के कुरा उपयोगी  रहे वा के के कुरा उपयोगी रहेनन् भन्ने टिपोट गर्नका लागि सुझावहरु समावेष गरिएको छ । 
प्रशिक्षक प्रशिक्षण तालिममा स्रोत व्यक्ति रेन व्यारेल कम्युनिकेसन कार्यक्रम प्रमुख अमिसेन गुप्ताले समुदायमा महिलामाथीको विभेद अन्त्य गर्ने दन्द्ध घटाउन विभिन्न चरणका कार्यक्रमहरुरको डिजाईन गरिएको बताउनुभयो। 

विभेदको चक्र लाई कम गर्न समुदाय स्तरीय बैठकहरुमा आफुले सिकेका ज्ञानहरु बाँड्न सहभागीहरु मध्यस्तकर्ताको रुपमा आफूलाई सक्षम बनाएको बताउनुभयो । 
उहाँले तालिमको मोड्युल निर्माण गरेर सुरु गरेको तालिम प्रशिक्षक प्रशिक्षणले महिला मात्रै नभई हिंसा गराउने पुरुषहरुलाइ यस्ता सीपहरु हस्तान्तरण गर्ने उहाँहरुको योजना रहेको पनि बताउनुभयो । 

कर्णाली प्रदेशमा परियोजना सहजकताको संयोजकको रुपमा काम गर्नुभएकी मिना विश्वकर्माले समुदायको महिलामाथीको दलित समुदायको विद्यमान सामाजिक समस्याहरुको समाधान गर्न समन्वयनकारी कौशलतापुर्ण भूमिकाबारे सिपहरुको सिकाई भएको बताउनुभयो । 
उत्पिडन र दमनमा पारिएका महिलाहरुको ससक्तिकरण र उनीहरुको आवाज बुलन्द गर्न यो प्रशिक्षण प्रशिक्षक तालिमले आफूलाई आत्मवल प्रदान गरेको छ, उहाँले भन्नुभयो, विगतको तुलनमा मानव अधिकारको प्रवर्धन र न्यायमा पहँचको वृद्धि भएको छ । 

त्यस्तै अर्का सहभागी काभ्रेकी विष्णुमाया विजुक्छे श्रेष्ठले सुरुवाती चरणमा समुदायको समस्या पहिचान गर्न र त्यसको समाधानका पहलमा समन्वय गर्न चुनौती भएको भएको बताउनुभयो । उहाँले अहिले सार्वजनिक वतृत्वमा आफ्ना सवालहरुको नेतृत्व गर्न प्रभावकारी सञ्चार गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ भन्नुभयो । 
समुदायमा रहेको सामाजिक विसंगति र विकृति तथा विभेदविरुद्ध वकालत र पैरवी गर्न मद्दत पुग्ने उहाँको भनाई रहेको छ ।

दलित महिला संघ सुदुरपश्चिमकी तालिममा सहभागी हुनुभएकी अम्विका ताम्राकारले हाम्रो सहकार्य परियोजनाले डोटी कैलालीमा दलित समुदायमा रहेका जरो गाडेर रहेको जातिय विभेद र लैङ्गिक विभेदको अन्त्य गर्न र परिवार र समाजमा रहेको द्धन्द्ध समाधान गर्न प्रभावकारी सञ्चार र समन्वय गर्न सकिने वुझाई रहेको बताउनुभयो । 
आयोजकले बार्षिक कार्यतालिका निर्माण गरी समुदायको हक अधिकार र सेवाहरुबारे स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरसम्म पहुचलाई विस्तार गर्ने सीपहरुको विकास गर्ने ३ बर्षे लक्ष्य अनुसार विभिन्न चरणको प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्दै आएको छ । 

कार्यक्रममा सर्लाही, काभ्रे, सुर्खेत, डोटी र कैलालीका गरी २५ जना पैरवी समुहका सहजकर्ताहरुले सहभागीता जनाउनुभएको थियो । 

प्रतिक्रिया