दशैमा बढि खसी बोका खपत
आश्विन २३, काठमाडौं ।
पाल्पा जिल्लाले दशैका लागि झण्डै ६ करोड बराबरको खसीबोका निर्यात गरेको छ । दशैका वेला बढि मासुको व्यपार व्यावसायलाई केन्द्रित गर्दै खशीबोकाको निर्यात बढाएको हो ।
दशैको सप्तमी देखी टिकाको दिनसम्म बढि खशी बोका र राँगाको मासु बढि खपत हुने गरेको पाईन्छ । व्यापारीहरु खसी बोका खरिद गर्न गाउँ गाउ पुग्ने र शहर बजारमा विक्रि गर्ने गर्छन् ।
पछिल्लो वर्षमा जिल्लामा महिलाहरुले सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा बाख्रापालन व्यवसाय वढाएपछि दशैसंगै अरु वेला पनि खशीबोकाको मासु खपत बढ्ने गरेको छ । जस्ले गर्दा दशैका वेला अझ वढि खसीबोका नियार्त हुने गर्छ ।
पाल्पामा सहकारीको अलावा फुटकर व्यापारीले थप २ करोड बराबरको खसीबोका बाहिर निकासी गर्ने गरेका छन् । दशैको जिल्लामा ८ करोड बराबरको खसीबोकाको कारोबार हुने अनुमान गरीएको छ ।
रम्भा गाउँपालिका–२, फोक्सिङकोटकी स्थानीय धनीसरा सारुले बाख्रापालनबाट राम्रो आयआर्जन गर्नुभयो । उहाँले बर्षमा २५ वटा खसीबोका विक्री गरेर साढे चार लाख आम्दानी गर्नुभयो । वाख्रापालनबाट उहाँको घरखर्च चलाउन, ‘छोराछोरी पढाउन र सानोतिनो व्यवहार टरेको छ ।
रम्भा गाउँपालिका–२, फोक्सिङकोटकै मीना थापाले पनि यो बर्ष १९ वटा खसी बोका बिक्री गरेर ३ लाख नगद आम्दानी गर्नभयो । यही खर्चबाट उहाँको दशै तिहारको खर्च सहज हुने भएको छ ।
पाल्पा पछिल्ला वर्षमा हेफर नेपालले महिला सहकारीमार्फत् बाख्रापालन व्यवसाय प्रवर्द्धनलाई जोड दिएको छ । किसानहरु सामान्य मिहिनेतबाट पनि राम्रो आम्दानी गर्न सक्नेमा ढुक्क छन् ।
‘गाउँकै सहकारीमार्फत् बाख्रा संकलन र बजारीकरण भए पशुपालनको व्यवसाय र मासु विक्री राम्रो हुने किसानहरुको सुझाव छ । पछिल्लो समयमा बाख्राको बीमा गर्ने कार्यमा स्थानीय तहले आर्थिक तथा प्राविधिक सहयोग गदै आएको छ । स्थानीहरु पनि बाख्रापालन व्यवसायप्रति रुचि बढाउदै गएका छन् ।
प्रतिक्रिया